कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको स्मृतिमा बृक्षारोपण

कञ्चनपुर: कम्युनिष्ट पार्टीका सस्थापक सदस्य एव माओवादी केन्द्रका पुर्व नेता नर बहादुर कर्माचार्यको स्मृतिमा बृक्षारोपण गरिएको छ । नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कञ्चनपुरले कर्माचार्यको स्मृतिमा बृक्षारोपण गरेको हो ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कञ्चनपुरका सचिव पंकज रावलले १०औँ स्मृति दिवसको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा सरसफाई गरेको बताए । सचिव रावलका अनुसार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका पदाधिकारी, सदस्य नेकपा माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिसी सहित महाकाली अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, निमेसु डा. अर्जुन भट्ट, अस्पताल समितिका निर्वतमान सदस्य एव माओवादी नेतृ कौसिल्या ओझासहितले बृक्षारोपण गरेका थिए ।

ताजा समाचार