रुखबाट खसेर घाईते भएका दोधारा चाँदनीका गुरुङ्गलाई वडाध्यक्ष खत्रीको सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका रुखबाट खसेर घाईते भएका एक युवकलाई वडाध्यक्ष केशव खत्रीले सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष्क्ष केशव खत्रीले वडा नं. ६ का एक साता अघि घर नजिक रुखबाट खसेर घाईते भएका वर्ष अन्ताजी ३८ का शेर बहादुर गुरुङ्गको उपचार खर्चको लागी रु. ५ हजार एक सय रुपियाँ सहयोग गरेका छन् । आज गुरुङ्गकै निवासमा पुगेर वडाध्यक्ष केशव खत्रीले हस्तान्तरण गरेका हुन् । घर नजिक रहेको कटहर टिप्न रुख चढ्दा खसेर घाईते भएको गुरुङ्गका परिवारजनले जनाएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपािलका– ५ का वडाध्यक्ष केशव खत्री, वडा नं. ६ का पुर्व वडाध्यक्ष दिल बहादुर सिजाली, परिवारजन तथा स्थानियहरुको उपस्थिती रहेको थियो । आर्थिक अवस्था रहेको कमजोर रहेको गुरुङ्गको उपचार खर्च नभएर समस्यामा पदैृ आएका छन् । उपचार खर्चको सघाएको भन्दै वडाध्यक्ष खत्रीलाई परिवारजनले धन्यबाद दिएका छन् । बिगत देखि वडाका मात्रै नभई अन्य वडामा रहेका समस्यामा परेका स्थानियहरुलाई वडाध्यक्ष केशव खत्रीले सहयोग गर्दै आएउका छन् ।

आफुले पाउने सरकारी सुबिद्या रकमबाट जनताहरुलाई सहयोग गर्ने उद्धेश्यले वडाधइषले आफ्नो अभियानलाई जारी राखेका छन् । वडाध्यक्ष खत्रीको कार्य प्रति स्थानियहरु खुशी भएका छन् । यस्तै घाईते शेर बहादुर गुरुङ्गको उपचारको लागी पुर्व वडाध्यक्ष दिल बहादुर सिजाली नेतृत्वको टोली केही दिन अघि उपचारको लागी रु. १४ हजार ६ सय रकम संकलन गरेर बुझएको परिवारजनले बताएका छन् ।


ताजा समाचार

spot_img