कञ्चनपुर जिल्लामा यू-१६ पुरुष फुटबल खेलाडी छनौट सम्पन्न


महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यू-१६ फुटबल खेलाडी छनौट सम्पन्न भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आबद्ध देशभरका ४८ जिल्ला फुटबल संघलाई खेलाडी छनौटका लागि असार २८ गते पठाएको पत्राचार अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरको खुलामञ्चमा खेलाडी छनौट सम्पन्न गरेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

उनले भने,’ कञ्चनपुर जिल्ला फुटबल संघले प्रदेश छनौटका लागि पहिलो चरणमा जिल्लाले छनौट गर्नु पर्ने एन्फाको पत्राचार अनुसार जिल्लाले बिहिवार देखि सुरु गरेको खेलाडी छनौट शुक्रबार सम्पन्न गरेको हो। जसमा जिल्ला छनौट भएका खेलाडी प्रदेश छनौटका लागि सिफारिस गरिने छ। जिल्लाका विभिन्न पालिका बाट ७० जना भन्दा बढीको संख्यामा खेलाडी छनौटका लागि सहभागीता रहेको थियो।’

‘जिल्ला छनौटमा दक्षिणी क्षेत्रबाट खेलाडीको संख्या अधिक मात्रमा सहभागिता रहेको छ। जसमा बेलडाँडि ,लालझाडी ,बेलौरी र पुनर्वास, कृष्णपुर , बेदकोट, दोधारा र भीमदत्तका विभिन्न ठाउँ बाट जिल्ला छनौटमा खेलाडीको सहभागीता रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रशिक्षक पुष्कर शाहिले बताउनु भयो। उनले भने हाम्रो भन्दा पनि राम्रो खेल्ने खेलाडी छनौटमा परेका छन् । टिममा नपर्ने खेलाडीले निराश नहुन समेत आग्रह गर्नु भयो। छनोटमा यति धेरै खेलाडी सहभागी हुँदा फुटबल बिकासको सम्भावना रहेको छ।यसलाई निरन्तर दिन अझै आवश्यकता रहेको छ।’

छनौटमा परेका सम्पुर्ण खेलाडिलाई बधाई दिदै अनुशासनका साथ सबै खेलाडीले आगामी प्रदेश छनौटमा राम्रो प्रदर्शनका लागि समेत शुभकामना कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष केशब चन्दले दिनु भयो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० भदौ १५ देखि २५ गते सम्म मित्र राष्ट्र भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु-१६) फुटबल टिम सहभागीता का लागि खेलाडी छनौट गर्न देशभरका ४८ जिल्ला फुटबल संघलाई एन्फाले पत्राचार गरेको थियो।


ताजा समाचार

spot_img