लघुवित्त पिडितहरुको विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम शुरु (भिडियो सहित)

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरनगरपालिका गुलरिया बजारबाट लघुवित्त पिडितहरुले विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम शुरु गरेका छन् । लघुवित्तिय संस्था विरुद्धको सघर्ष समिति नेपाल, केन्द्रीय समितिले आयोजना गरेका कार्यक्रम असार २९, ३० र ३१ गते सम्म चल्ने संघर्ष समितिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बुझौना चौधरीले बताए । ‘‘बाचौं बचाऔं र अघि बढौं, लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध एकजुट होऔं’’ भन्ने मुल नाराका साथ कञ्चनपुरका लघुवित्त पिडित एकजुट भएका छन् । उनीहरुले शुक्रबार बाट लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्धमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेका छन् ।

गरीब जनतालाई सम्पन्न बनाउने सुनौलो सपना देखाएर कर्जा लिन बाध्य बनाउने र सो कर्जा तिर्न चक्रवर्ती व्याज लिन बाध्य बनाएको लघुवित्त पिडित तथा संघर्ष समितिकी केन्द्रीय सदस्य सुकमाया तामाङले बताईन् । ‘१ वर्षमा १३ किस्ता तिर्नुपर्ने किस्ता पुरा तिरेर पनि समुह छोडछु भन्दा अनेक बहाना बनाएर समूह छोडन नदिने संघर्ष समितिकी केन्दीय सदस्यीय तामाङ्गले बताइन् । शुक्रबार बाट शुरु भएको आन्दोलन कृष्णपुरको गुलरिया चौराह बाट लघुवित्त बन्द गर्नु पर्ने र गरीब किसानलाई लगाएको ऋण माफ गर्नु पर्ने जस्ता ५ बुँदे नारा जुलुस सहित पैदल यात्रा गर्दै अत्तरिया चौकमा कोण सभा गरिने छ र शनिबार विहान पुनः अत्तरिया बाट धनगढी पुगी त्यहाँ मुख्यमन्त्री र जिल्ला प्रशासनमा ज्ञापन पत्र दिदै धर्ना दिने कार्यक्रम रहेको सर्घष समितिका केन्द्रीय सदस्य तथा सुचना तथा सञ्चार विभागका बसन्त जैशीले बताए ।

त्यसैगरी लघुवित संघर्ष समिति नेपालको केन्दीय उपाध्यक्ष मणी प्रसाद चौलागाइले ‘आफुहरुले १७ महिना अघि देखि लघुपिडितको पक्षमा आवाज उठाउदैं आएको बताए ।’‘उद्यमसिलता तालिम दिनुपर्ने, व्याज एक अंकमा झार्नु पर्ने, कोरोना अवधिको व्याज माफ गर्नु पर्ने, जस्ता माँगहरु आफुहरुको रहेको’ चोलागाईले बताए । आन्दोलनकारीले नेपाल सरकार सँग आफ्ना पाँच बुँदे माँग राखेका छन् ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्न पर्ने, लघुवित्तिय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाह गर्नु पर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नु पर्ने, आवश्यकता र क्षमता आधारित काम र दामको व्यवस्था गर्नु पर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नु पर्ने जस्ता माँग राखेका छन् ।

ताजा समाचार

spot_img