दोधारा चाँदनीमा नगर स्तरिय सहकारी सञ्जाल गठन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय सहकारी सञ्जाल गठन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको आस्था कृषी बहुउद्धेश्यीय संस्थाको कार्यालयमा बसेको सहकारी पदाधिकारीहरुको बैठकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नगर स्तरिय सहकारी सञ्जाल गठन गरेको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था दोधारा चाँदनीका कोषाध्यक्ष दिपक चन्द्र ओझाले जानकारी दिएका छन् ।

सहकारी सञ्जालका संयोजकमा नाफु सिंह साँउद, सचिवमा चन्दन सिंह थापा मगर यस्तै सदस्यमा दमन बहादुर सिंह, पुर्ण बहादुर बुढा, बाशुदेव बिष्ट, सिता भण्डारी र गंगा रावत रहेका छन् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्र भित्र रहेका सहकारीहरुको एक अर्काको समस्या समाधान एवम् दिर्घकालिन एकता कायम राख्नका लागी नगरपालिका स्तरिय सञ्जालको आवश्यकता भएको हुदा हाललाई नगर स्तरिय तदर्थ समिति गठन गरिएको छ्’ निर्णयमा भनिएको छ् ।

 


ताजा समाचार

spot_img