निर्वाचनको बेला गरेको बाँचा पुरा गर्दै वडाध्यक्ष खत्री : आईसियुमा उपचार भईरहेकालाई दिए १२ हजार


दोधारा । वडाको रचनात्मक कार्यमा प्रखर देखिदै आएका दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आफ्नो खाईपाई आउने सरकारी सेवा सुबिद्याबाट गरिव तथा विपन्नहरुलाई सहयोग गर्दै आएका छन् । वडामा रहेका बिपन्न तथा समस्यामा परेकाहरुको खोजी गर्दै बिभिन्न समयमा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट सहयोग गर्दै आएका छन् । यसै क्रममा आज पनि वडाध्यक्ष केशव खत्रीले दोधारा चाँदनी– २ का खड्के राना क्षेत्रीलाई उपचारर्थ रु. १२ हजार सहयोग गरेका छन् । खड्के राना क्षेत्री एक वर्ष देखि फोक्सोको समस्याले ग्रसित भएका छन् । नेपाल लगाएत भारतको बिभिन्न निजी अस्पताल उपचार गर्दै उनको अहिले आएका आर्थिक अवस्था निकै कमजोर भएका खड्के राना क्षेत्रीलाई वडाध्यक्ष खत्रीको कार्य कक्षमा खड्के राना क्षेत्रीका भेना बिनक बहादुर राना क्षेत्रीलाई रु १२ हजारको चेक हस्तान्तरण गरेका छन् ।

पिडत खड्के धनगडीको प्रादेशिक अस्पतालमा आईसियुमा उपचार भईरहेको छ् । आर्थिक अवस्था दैनिय रहेको खड्केको उपचारको लागी धेरै रकम खर्चा भईसकेको पिडितका भेना बिनकले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष खत्रीले पिडित खड्केको उपचारको लागी आफुले खाईपाई आएको सरकारी सेवा सुबिद्याबाट सघाएको बताएका छन् । पिडामा रहेर आफु संग जो कोही आएपछि बिगतका दिनहरु देखि सघाउदै आएको वडाध्यक्ष खत्रीले बताएका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडामा मात्रै नभई अन्य वडामा बसोबास गर्ने स्थानियहरुको पिडामा आफुले भ्याए जती सहयोग गर्दै आएको बताएका छन् ।

चुनावमा आफुले जनताको बिच गरेका बाँचालाई पुरा गर्न सामाजिक कार्यमा कटिबद्ध रहेको बताएका छन् । केही दिन अघि अष्ट्रेलियामा रहेका नेपाली दाजु भाईबाट आर्थिक सहयोग संकलन गरि वडामा रहेको विपन्न तथा असाहयहरुलाई सहयोग गरेका थिए ।

बिपन्न तथा गरिबको सेवामा खरो उत्रेका वडाध्यक्ष खत्रीले वडालाई नमुना वडा बनाउने आफ्नो योजना रहेको बताएका छन् । उनले पाउने सेवा सुबिद्याबाट एक दर्जन भन्दा बिद्यार्थीलाई आर्थिक सहयोग गरेका हुन् ।

 


ताजा समाचार

spot_img