वर्षामा च्यात्तिएको त्रिपाल मुनि बास : दोधारा चाँदनीका बादी परिवारलाई आवास खै ?


दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी परिवारलाई वर्षाको कारण ठुलो समस्या झेल्दै आएका छन् । च्यात्तीएको त्रिपालमा बस्दै आएको बादी घरपरिवारलाई वर्षाको पानीको कारण छाप्रो चुहिने भएको कारण उनिहरुलाई निकै समस्या भएको हो । सरकारले गरिवहरुका लागि आवास कार्यक्रम ल्याए पनि दोधारा चाँदनीका बडुवाल टोलका बादी समुदायलाई भने आवास कार्यक्रमले छोएको छैन् । पुर्खोली पेशा मादल बनाउने, नाचगान गरि गुजारा चलाउने बडबाल टोलका बादी समुदायलाई सरकारले आवास कार्यक्रम अन्तर्गत समेट्न नसकेको हो । बादी टोलका रेशम बादीका अनुसार केही वर्ष अघि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरबानट प्राप्त त्रिपाल घाम, पानीले च्यात्तीएर काम नलाग्ने भएको बताएका छन् । घर छाएको त्रिपाल च्यात्तीएको कारण वर्षाको पानीले आकाशको पानी सबै घर भित्र चुहिने गरेको रेशम बादीले बताएका छन् । वर्षाको कारण घरमा पानी चुहिएर रातभरी सुत्न समेत नपाएको रेशम बादीको घरपरिवारले बताएका छन् ।

बडुवाल टोलमा ५ घरपरिवार बादी घरपरिवार बस्दै आएका छन् । केही बर्ष अघि आफ्ना र अर्काका पीडादाय गीतको भाका गाउदै खाद्यान्न र रुपैयाँ संकलन गरिरहेका बादी समुदायहरु नयाँ जीवन जिउने रणनीतिका लागि अहिले पनि संघर्षरत छन् । बादी समुदाय पुरानो पेशाबाट मुक्ती पाएर नयाँ जीवन निर्वाह गर्न चाहेको उनीहरु बताउछन्अ । दोधारा चाँदनी नगरपालिकामा सरकारले फुसका छानालाई विस्तापित गर्ने योजना बनाएपनि बडवाल टोलका बादी घरपरिवार अझै त्रिपाल मुनि रात काट्न बाध्य छन् ।

रातीभरी हावा पानीले त्रिपाल च्यातिदिन्छ, बिहान च्यातिएको त्रिपाल सियरै रात काट्दै आएका छौं, बादी समुदायका अगुवा बिरभाने बादीले भने, ‘दोधारा चाँदनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा समेत आवास कार्यक्रम संचालन गरेको सुनेका छौं। तर हामीहरुले च्यात्तीएको त्रिपालमा रात बिताउदा सरकार नभएको जस्तो लाग्छ।’ राती भुईमै सुत्ने गरेका कारण सर्पले डस्छ की भन्ने डर लाग्ने गरेको उनले बताए ।

बडवाल टोलमा ५ घरधुरीमा झण्डै ४५ जना बादीहरु रहेका छन् । पुर्खौली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाई छ् ।


ताजा समाचार

spot_img