महेन्द्रनगर : सहयात्रा नेपाल कञ्चनपुरले महेन्द्रनगरमा पहिलोपटक फिल्यास मोब कार्यक्रमको आयोजना गरेको छ।
शुक्रबार जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित मदन चोकमा सहयात्रा नेपाल कञ्चनपुरले फिल्यास मोब कार्यक्रमको आयोजना गरेको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई समाजमा हेर्ने दृष्टिकोण र खेप्नुपरेको समस्या र चुनौतीका साथै सर्वोच्च अदालतले गरेको फैसला, निरन्तर यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको सफलताको कथालाई चित्रण गरिएको थियो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले अंग्रेजी महिनाको जुन महिना लाई प्राइड परेड मन्थ (गौरव यात्रा) को महिनाको रुपमा लिइन्छ । जसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि यो गौरव यात्राको महिना मनाउने गरिन्छ । उक्त महीनाको अवसरमा पहिलो पटक फिल्यास मोब कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भयो।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रबेन्द्र देबकोटा , यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका अधिकारकर्मी , गैरसरकारी संघसंस्थाका प्रतिनिधि पदाधिकारी , पत्रकार लगायत आम जनसमुदायको उपस्थिति रहेको थियो।







