हिमालय उपभोक्त समिति चाँदनीको बृक्षरोपण कार्यक्रम


दोधारा । दोधारा चाँदनी नगरपालिकामा हिमालय मध्यवर्ती उपभोक्ता समितिले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ स्थित आफ्नो कार्यालयको हाता क्षेत्रमा हिमालय मध्यवर्ती उपभोक्ता समितिले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशीले हिमालय मध्यवर्ती उपभोक्ता समितिको कार्यालयको हाता क्षेत्रमा अशोकको बिरुवा रोपेर उद्धघाटन गरेका थिए ।

बृक्षरोपण कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउका प्रतिनिधी, हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंह तथा समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यालय हाता क्षेत्रमा ५० अशोकका बिरुवा रापिएको हिमालय मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ् ।


ताजा समाचार

spot_img