सुदूरपश्चिम प्रदेशमा आज गौरव यात्रा मनाइदै

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) उत्साह का साथ आज धनगढीमा मनाइदै


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको धनगढीमा आज यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मनाउने भएका छन।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए पलस) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना लाई लिइन्छ । उक्त जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका छन् । जसमा सुदूरपश्चिम प्रदेशको धनगढीमा भने पहिलोपटक गौरव यात्रा मनाउन लागेको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवं सुदूर पश्चिम समाज धनगढीका कार्यक्रम संयोजक राजु लामाले बताउनु भयो।

उनका अनुसार ,पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली बिहान ८ बजे निकालेर मनाइने र उक्त र्‍याली धनगढी चौराह देखि धनगढी उप-महानगरपालिकाको प्राङ्गणमा आएर सम्पन्न हुने छ।

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ ।


ताजा समाचार

spot_img