प्लास्टिक खाएको भेटिएसंगै दुर्लभ एकसिङ्गै गैंडा संरक्षणमा चुनौती


कञ्चनपुर : एकसिङ्गे गैँडाले प्लाष्टिक खाएको भेटिएसंगै दुर्लभ उक्त गैडा संरक्षणमा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गरिएको एक अध्ययनले वन्यजन्तुले आहारासँगै प्लास्टिकजन्य वस्तु पनि खाने गरेको देखाएको हो । सन २०२०, २०२१ र २०२२ मा निकुञ्जको कोरभित्र क्षेत्र र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले वन्यजन्तुले घाँससँगै प्लास्टिक पनि खाने गरेको देखाएको हो । सिसोबाना ट्रोपिकल बोटानिकल गार्डेन, चाइनिज एकेडेमी अफ साइन्सेज, युनान, चीनमा विद्यावारिधी गरिरहेका त्रिभुवन विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उप–प्राध्यापक बलराम अवस्थीले वन्यजन्तुको गोबरमार्फत भेललर (एक प्रकारको वनस्पति) को बीउको फैलावट विषयमा अध्ययन गरेका थिए। अध्ययनको क्रममा गैंडाको गोबरमा प्लास्टिकजन्य पदार्थहरू भेटियो।

त्यसपछि बिउको फैलावटसँगै एक सिंगे गैंडाद्वारा प्लास्टिकको सेवन विषयमा पनि अध्ययन गरिएको थियो। यो अध्ययनमा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पूर्वप्रमुख डा।बाबुराम लामिछाने र स्कुल अफ इन्भाइरोंमेन्ट एन्ड जियोग्राफिकल साइन्स र युनिभर्सिटी अफ नोटिङगम, मलेसियामा आवद्ध किम मैककाँन्की पनि सन्लग्न थिए। अवस्थीका अनुसार गैंडाको गोबरमार्फत भेल्लरको बीउको फैलावटबारे सन् २०२० मा अध्ययन भइरहेको थियो। भेल्लरको दाना गैंडाको स्वादिलो फल हो। यसलाई गैंडाको स्याउ पनि भनिन्छ। यसको अध्ययन क्रममा गैंडाको गोबरमा प्लास्टिकका टुक्राहरू देखिए। त्यसपछि बीउको फैलावटसँगै ुएकसिंगे गैंडाद्वारा प्लास्टिकको सेवनु विषयमा पनि अध्ययन गरिएको थियो । ‘२५८ वटा गैंडाको ताजा गोबर परीक्षण गर्दा १०।१ प्रतिशत गोबरमा आँखाले देखिने प्लास्टिकका टुक्रा भेटिएको छ,ु उनले भने, ‘सामान्यतया एकसिंगे गैंडाहरू जहाँ पायो त्यहीँ दिसा गर्दैनन्। धेरै गैंडाको दिसा गर्ने ठाउँ एउटै हुन्छ ।’ उनीहरू गन्धले गोबरको थुप्रो भएको ठाउँ पत्ता लगाउँछन्। सकेसम्म थुप्रोमै पुगेर दिसा गर्छन्। अनुसन्धानकर्ताहरूले थुप्रोमा रहेको ताजा ९झट्ट हेर्दा हरियो–कालो वा गाढा हरियो गोबरको नमूना संकलन गरेका थिए। पुरानो गोबर भुसजस्तो हुने भएकाले नयाँ गोबर चिन्न गाह्रो हुँदैन। कतिपय नमूना गैंडाले दिसा गरेको प्रत्यक्ष देखेलगत्तै संकलन गरिएको थियो। हात्ती, भालु लगायतका वन्यजन्तुले फोहोरको थुप्रोमै पनि आहारा खोज्ने गरेको भेटिएको छ। तर गैंडा फोहोरको थुप्रोबाट टाढै रहने जीव हो।

यो अध्ययन सुरू हुँदा नेपालमा कोरोना महामारीले लकडाउन थियो। निकुञ्ज क्षेत्रमा पर्यटकले प्रवेश पाएका थिएनन्। त्यसैले अध्ययनकर्ताले त्यसपछिका वर्ष गोबरमा प्लास्टिकको मात्रा कम भेटिएला भन्ने ठानेका थिए। तर त्यस्तो भएन । गैंडाको एक पटकको गोबरको तौल औसत १८ किलोजति हुन्छ। परीक्षणका लागि ताजा गोबरको एक चौथाई नमूना निकालिएको थियो। तत्कालै प्लास्टिक देखिएको अवस्थामा थप गोबर पनि जाँच गरियो। अध्येताहरूले सन २०२० मा ११६, २०२१ मा १०४ र २०२२ मा ३८ गोबरको नमूना अध्ययन गरेका थिए। सो क्रममा कम्तीमा ८ प्रकारका प्लास्टिक पहिचान भए। दुई प्रकारको पहिचान हुन सकेन । आठमध्ये दुई प्रकारका प्लास्टिक कडा खालका थिए। गोबरभित्र कडा खाले प्लास्टिक र चिसो पेयपदार्थको बोतलको बिर्को पनि भेटियो। गुट्खाका प्याकेट ९ वटामा, प्लास्टिक झोला ६ वटामा, बिस्कुटका खोल ५ वटामा, रबर ब्यान्ड, चकलेटको खोल, स्याम्पूको प्याकेटको खोल सबैमा एकरएक वटा भेटिएका थिए। अधिकांश गोबरमा पहिलो नजरमै प्लास्टिकका टुक्रा देखिएका थिए। २६ वटा नमूनामा प्लास्टिकजन्य वस्तु भेटिएकोमा २१ वटामा पहिलो नजरमै प्लास्टिकका साना टुक्रा देखिएका थिए । एउटै नमूनामा तीन वटासम्म प्लास्टिक झोला र रबर ब्यान्ड, दुई वटासम्म कडा प्लास्टिक र स्याम्पूको प्याकेट भेटिएको थियो। समुद्री जीवको मृत्युको मुख्य कारण प्लास्टिक प्रदूषण मानिन्छ। ह्वेल माछाजस्ता ठूला जीवहरूको मृत्यु पनि प्लास्टिककै कारण भएको पाइन्छ। वन्यजन्तुमा प्लास्टिकको असरबारे रिपोर्ट भने कम आउने गरेको लामिछाने बताउँछन ।

पर्यावरणमा प्लास्टिक नष्ट हुन समय लाग्छ। तर जथाभावी फाल्ने क्रम बढेको छ। सम्भवतः अब यसले वन्यजन्तुमा पनि ठूलो समस्या ल्याउन सक्छ,’ उनले भने, ‘केही अध्ययनले पुष्टि गरेको छ कि प्लास्टिक प्रदूषण संकटापन्न अवस्थामा रहेका ठूला जीवसहित धेरै वन्यजन्तुका लागि मानवनिर्मित समस्या हो। । नेपाल र भारतमा गरेर अहिले करिब चार हजार एकसिंगे गैंडा छन्। विगतमा यो प्रजाति बंगलादेश, भुटान र पाकिस्तानमा पनि पाइन्थ्यो। मानव अतिक्रमण, वासस्थान विनास र अवैध सिकारका कारण ती देशमा यसको विनास भयो। अपर्याप्त घाँसे मैदान, जलवायु परिवर्तन, बाढीको जोखिम, बाघको आक्रमण, आपसी लडाइँ ९वासस्थानको कमीले० गैंडाका लागि मुख्य दीर्घकालीन खतरा हुन । विज्ञहरूका अनुसार दुर्लभ गैंडाले प्लास्टिक सेवन गर्नु उसको स्वास्थ्य र संरक्षणका लागि ठूलो खतरा हुन सक्छ। प्लास्टिक खाँदा पेटमा समस्या वा विषको असर भएर मृत्युको कारण बन्न सक्छ। उत्तर भारतमा गरिएको एक अध्ययनले ३२ प्रतिशत हात्तीको गोबरमा प्लास्टिक भेटिएको थियो। श्रीलंकामा हात्तीको मृत्युको कारण प्लास्टिक नै बनिरहेको छ। नेपालमा गैंडाको सिकार गर्ने क्रम अचेल घटेको छ। तर बाघको आक्रमण, आपसी लडाइँ, बुढो भएर जस्ता प्राकृतिक कारणबाट गैंडाको मृत्युदर बढेको छ। प्लास्टिकका कारण मृत्युको जानकारी भने अहिलेसम्म छैन।

धेरै जनावरका लागि प्लास्टिक नयाँ समस्या बनेको हुन सक्ने उनले बताए। पाचन प्रणालीबाट गोबरमा निस्किँदा पनि प्लास्टिक नष्ट नहुने भएकाले त्यसलाई फेरि अन्य वन्यजन्तुले खान सक्छ। माछा खाएर जीवन निर्वाह गर्ने बिरालो ुफिसिङ क्याटु को विषयमा अनुसन्धान गर्दै आएकी रमा मिश्रले त्यसको गोबरमा प्लास्टिक मात्रै नभएर सिसाका टुक्रासमेत भेटेको बताइन्। उनले कोशी टप्पू वन्यजन्तु आरक्षमा गरेको अध्ययनमा गोबरभित्र सिसाको टुक्रा भेटिएको थियो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नदीले बगाएर ल्याएको प्लास्टिकजन्य फोहोर व्यवस्थापन निकुञ्जका लागि चुनौतीपूर्ण रहेको बताए । राप्ती र नारायणीको बाढीले बगाएर ल्याएका प्लास्टिक निकुञ्जका वन तथा घाँसे मैदानमा अड्किएर बस्छन्। यसको असर वन्यजन्तुमा परिरहेको छ,ु तिवारीले भने, ुयसलाई नियन्त्रण गर्न मुहानबाटै फोहोर व्यवस्थापन गर्नुपर्छ। मुहानदेखि यहाँसम्म आइपुग्दा धेरै प्रदेश र स्थानीय तह छन्। यो कुनै निकुञ्ज वा वन कार्यालयले चाहेर मात्रै समाधान हुने विषय होइन। तीनै तहको सरकारको चासो चाहिन्छ। सबै मिलेर रणनीतिक योजना ल्याउनु आवश्यक छ । चितवन निकुञ्ज धेरै एकसिंगे गैंडा भएको संरक्षित क्षेत्रमा विश्वमै दोस्रो हो। सन् २०२१ को तथ्यांकअनुसार यहाँ ६९४ वटा गैंडा छन ।


Loading Viewer...

ताजा समाचार

spot_img