महेन्द्रनगर पार्कमा बृक्षारोपण

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर पार्कमा बृक्षारोपण गरिएको छ । सोमबार विश्व वातावरण दिवसको अवसरमा बिहानै बृक्षारोपण गरिएको हो । भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले वातावरण दिवसकै अवसर पारेर विभिन्न प्राजातिका बिरुवा रोपिएको बताए । भीमदत्त नगरपालिका, निड्स नेपाल, एनएनएसडब्लूए सहितले बृक्षारोपण तथा अन्तरकृया गरेका छन । अन्तरकृयामा सहभागिले वातावरण सन्तुलनका लागि मानविय कृयाकलाप पनि वातावरणमैत्रीमा जोडदिएका छन ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मी, एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरु, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधवसिह धामी, भीमदत्त नगरका उपमेयर निलम लेखक, मेयर पदम बोगटी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वातावरणमैत्री काममा जोडदिएका छन । विश्व वातावरण दिवसमा फ्लोरिडा ईन्टरनेशल विद्यालका विद्यार्थीले बसपार्क क्षेत्रमा सरसफाई गरेका छन, यस्तै वातावरण दिवसकै अवसरमा निर्वतमान संसद डा. दिपक प्रकास भट्टले बृक्षारोपण शुरुवात गरिएको एमाले नेता विष्णू अवस्थीले बताए ।

नेता अवस्थीका अनुसार भीमदत्त, दोधाराचाँदनी क्षेत्रका विभिन्न स्थानमा संसद भट्टले बृक्षारोपण गरेका छन । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले समेत विश्व वातावरण दिवसमा सबैलाई सदावाहार बृक्षारोपण गर्नुपर्नेमा जोडदिएका छन । विभिन्न क्षेत्र संघ संस्थाबाट कञ्चनपुरमा विवित कार्यक्रम गरेर वातावरण दिवस मनाएका छन ।

ताजा समाचार