कञ्चनपुर : मंगलबार सुकासालमा प्रंहरी र मालिकको समान ओसार्ने (क्यारिङ्गकर्ता) मजदुरविच भएको झडप घटनाको समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकारलाई रोक लगाएर पक्राउ गरेको घटना प्रति पत्रकार संघ संगठनले प्रहरीको भत्र्सना जाहेर गरेका छन । कञ्चनपुरका पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई गैर कानुनी रुपमा पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्र बिरोधी प्रहरीको काम भएको भन्दै घोर निन्दा र भत्र्सना जाहेर गरिएको छ ।

समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकारको मोवाईल खोसेर दुव्र्यवहारगर्दै अराजकशैलीमा पक्राउ गर्ने कार्य अपमानजनक, अमानविय, लोकतन्त्र स्वयम प्रहरी संगठनले मुल्य मान्यता मर्म बिरुद्धको कार्य भएको भन्दै पत्रकार संघ संगठनले कञ्चनपुर प्रहरीको उक्त कार्यको घोर बिरोध गरेका छन । पत्रकार महासंघ जिल्ला, प्रदेश सहितका प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस यूनियन सहितका विभिन्न पत्रकार संघ संगठनहरुले पत्रकारमाथि धरकपट गर्न आदेश दिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा, पत्रकार हुँ भन्दाभन्दै फोटो र भिडियो किन खिचेको भन्दै घटनास्थलदेखि गैर कानुनी रुपमा पक्राउ गर्ने प्रहरी निरीक्षकद्वय बिनु शाही र सिताराम विष्ट सहितमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । प्रेसमाथि नाङगो हस्तक्षेप प्रेस स्वतन्त्रता हनन् गर्ने प्रहरी अधिकृतबाट नागरिकले शान्ति सुरक्षाको अनुभुति भन्दा झन असुरक्षित रहने भन्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराईएको छ ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले यस अघि नै घटनामा संलग्न प्रहरी अधिकारी जिल्ला प्रमुख कमल थापालाई कार्बाहीको माग अघि सारेको छ । भने प्रेस विज्ञप्ती जारी गरेर समेत घटनाको निन्दा र भत्र्सना जाहेर गरेकोछ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचार संकलनका लागि घटना स्थल पुगेका नेपाल पत्रकार महांसंघ बैतडीका पुर्व अध्यक्ष एव सीमा रेखाडटकमका प्रधान सम्पादक पत्रकार राजेन्द्र नाथ र सगरमाथा टेलिभिजनका जिल्ला समाचारदाता एव आभाषकुञ्ज दैनिकका पत्रकार ऐश्वर्या कुँवरलाई हतकडी लगाएर हिरासतमा पु¥याउने कार्यको घोर भत्र्सना जाहेर गरेको छ । घटनाको निष्पक्ष छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सार्दै अव उपरान्त यस्ता घटना दोहोरिन नदिन समेत गराईएको छ । नेपाल पत्रकार महासंघ सुप प्रदेशले समेत घटनाको घोर भत्र्सना जाहेर गरेको छ । पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचार संकलन गर्न गएका पत्रकारको मोवाईल थुत्नेदेखि पत्रकारलाई थुन्ने कार्य निदनिय भएकाले दोषि प्रहरीमाथि कार्बाहीको माग अघि सारिएको छ ।

पत्रकारलाई नियन्त्रणमा लिने कार्य र समाचार संकलनमा अवरोध गर्ने कार्य प्रेस स्वतन्त्रताको हनन् भएकाले यस्ता घटना अब उपरान्त नदहो¥याउन आब्हान गरिएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपृुरका अध्यक्ष अरुण प्रशाद भट्ट, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पन्त र प्रेस यूनियनका सचिव मनोज भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पत्रकारद्वय राजेन्द्र नाथ ऐश्वर्या कुँवरमाथि प्रहरीले गरेको व्यवहार निकृष्ठ, लोकतन्त्र, जनता बिरोधी र निरङकुशताको पराकाष्ठ भएकाले भत्र्सना जाहेर गरिएको छ । नागरिकले समेत पत्रकार सहित क्यारिङ्गकर्ता जो मालिकको समान ओसारेर गुजारा चलाउने महिलामाथि प्रहरी दमन र तस्करको चाकरी गर्ने प्रहरी प्रवृतिको भत्र्सना जाहेर गरेका छन ।






