कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा विवादमा मुछिएका छन । मंगलबार भीमदत्त नगरपालिका–५ सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताविच भएको झडपको घटनाको समाचार संकलन गर्ने क्रममा पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुवरलाई समाचार संकलनमा रोक लगाएर पक्राउ गरेपछि प्रहरी प्रमुख थापा विवादमा मुछिएका हुन । पत्रकारद्वय नाथ र कुँवरले घटना स्थलको भिडियो र फोटो खिच्ने क्रममा मोवाईल समेत थुतेर सिधै घटनास्थलदेखि प्रहरी कार्यालय पु¥याएको यो अमानविय र जंगीशैलीको नेपाल पत्रकार महासंघले भत्र्सना जाहेर गरेको छ । बुधबार पत्रकार महासंघ कञ्चनपुरको बैठकले समाचार संकलन गर्ने क्रममा पत्रकारद्वय नाथ र कुँवरमाथि धरकपट, प्रेस अभिव्यक्ति स्वतन्त्रताको हनन्, मानव अधिकारको उलङघन गर्ने जस्ता गतिबिधी गर्दै पत्रकारलाई घटनास्थलबाट पक्राउ गर्ने कार्य निन्दनिय भएको महासंघले ठहर गरेको छ ।

प्रहरी उपरीक्षक थापाले कञ्चनपुर सम्हालेपछि बारम्बार जिल्लामा पत्रकारमाथि दुव्र्यवहारका घटना भईरहेको भन्दै थापा लगायत पत्रकार नाथलाई पक्राउ गर्ने प्रहरी निरीक्षक सिताराम विष्ट र अर्की पत्रकार कुँवरलाई पक्राउ गर्ने प्रहरी निरीक्षक बिनु शाहीलाई समेत कार्बाहीको माग अघि सारेको छ । अबिलम्ब एसपी थापालाई जिल्लाबाट फिर्ता बोलाउन प्रहरी महानिरीक बसन्त कुँवरसंग सोझै अनुरोध पत्र पठाउने निर्णय गरेको छ । प्रहरी प्रमुख थापा सहित पक्राउ प्रकरणमा संलग्न अन्य प्रहरी अधिकृतलाई समेत कार्बाहीको माग अघि सारिएको छ । पत्रकार हुँ भन्दा भन्दै घटनास्थलदेखि पक्राउ गरेर जिप्रका पु¥याउने कार्य निन्दनिय भएको महासंघले जनाएको छ । पत्रकारद्वय नाथ र कुँवरमाथि भएको घटना बारे बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई डेलिगेशन दिदै जिल्लाका पत्रकारको सुरक्षाका लागि माग गर्ने निर्णय गरिएको छ ।

पत्रकार महासंघले एसपी थापालाई जिल्लाबाट फिर्ता बोलाउने उक्त निर्णय ५ दिनभित्र कार्यान्वयन नगरे एपसी थापा उपस्थित हुने सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले जिल्लाका कुनै स्थानमा घटना हुँदा प्रहरीले पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नेदेखि दुव्र्यवहारका घटना बढ्दै गएपछि एसपी थापा सहित घटनामा संलग्नलाई कार्बाहीको माग गरिएको बताए । ‘यस अघि पनि प्रहरीबाट जान जान घटना दोहोरिदै आए, ‘उनले भने, ‘विज्ञप्ती मात्रै निकालेर भएन, ‘अब केही कडा आन्दोलनमा जानुपर्ने भयो ।’







