कञ्चनपुर : बाल विध्या निकेतन बडेेपुरले अाफ्नाे विध्यालयलाइ जङक फुट निशेधित क्षेत्र घाेष्णा गरेकाे छ । प्याक भएको जङक फुड जस्तै चाउचाउ,विस्केट, कुरमुरे लगायतका खादा बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या हुने भएकोले विध्यालयमा यस्ता वस्तुहरु ल्याउन र खान निशेध गरिएको प्रिन्सिपल कृष्ण सिह साउदले वताउनु भएको छ । उहाले विध्यार्थिहरुलाइ घरमा वनेकाे टिफेन मात्रै ल्याउन भनेपछि अाज भाेलि बालबालिकाहरु पसलमा पाउने कुनै पनि जङक फुड नखाने गरेको वताउनु भयो ।
स्कुलमा अतिअावश्यक समाक्रि किन्न बाहेक अन्य पकेट खर्चका नाममा रुपैया समेत ल्याउन बन्द गरिएको छ । यसकाे लागि विध्यालयले अाचार सहिता समेत वनायकाे छ । विध्यालयकाे यस्तो नियम लागू भए पछि बालबालिकाहरु स्कुल अाउदा रुपैयाँको लागि नसताउने गरेकाे बरु घरमा बनेकाे खानेकुरा टिफेनका रुपमा लग्ने गरेकाेमा अभिभावकहरु समेत खुसि भए का छन । बाल विध्या निकेतनमा करिव २ सय विध्यार्थि रहेका छन ।






