स्ववियूमा माओवादी केन्द्रको बिजयी शुरुवात डोल्पाको लिकु संयुक्त क्याम्पस सभापतिमा शाही निर्बिरोध निर्वाचित

 कञ्चनपुर:आगामी चैत्र ५मा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि देशभरी विद्यार्थी संघ संगठन चुनावी मैदानमा होमिएका छन । डोल्पाको लिकु संयुक्त क्याम्पसको स्ववियुमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विजयी शुरुवात भएको छ । लिकु संयुक्त क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका शाही निर्विरोध निर्वाचित भएका छन ।

त्रिपुरासुन्दरी नगरपालिका– १० मा रहेको लिकु संयुक्त क्याम्पसको स्ववियु सभापतिमा रनचन्द्र शाही निर्विरोध निर्वाचित भएका हुन । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का शाही निर्वाचनअघि नै स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। नेविसंघ, अनेरास्ववियुलगायतका संगठनले समर्थन जनाएपछि शाहीसहित ११ सदस्यीय समिति निर्विरोध भएको अखिल क्रान्तिकारी डोल्पाका अध्यक्ष हेमन्त रोकायले बताए ।

अखिल क्रान्तिकारीका नेताहरुले संगठन विद्यार्थीको हकहितका लागि क्रान्तिकारीले निरन्तर काम गरेपछि विश्वासका साथ अन्य संघ संगठनले क्रान्तिकारीलाई नेतृत्व दिएको बताएका छन । क्रान्तिकारीले देशैभरीका अधिकाँस क्याम्पसमा संगठनदेखि विद्यार्थी नेताले आम विद्यार्थीको हकहितका क्षेत्रमा थुप्रै काम संघर्ष गरेसंगै क्रान्तिकारीको पक्षमा विद्यार्थी देखिएको जनाईएको छ

ताजा समाचार

spot_img