विप्लवद्वारा सहित परिवारलाई सम्मान


कञ्चनपुर : नेकपा विप्लव कञ्चनपुरले सहिद परिवारलाई सम्मान गरेको छ । नेकपा विप्लव कञ्चनपुरले जिल्लाका विभिन्न स्थानका सहिद परिवारलाई सम्मान गरेको हो । सहित सप्ताहको अवसरमा आइबार शुक्लाफाँटा नगरमा आयोजिक कार्यक्रममा सहिद परिवारलाई सम्मान गष्रिएको नेकपा विप्लव कञ्चनपुरका युवा नेता एव अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकास जप्रेलले बताए ।

विप्लव नेता जप्रेलका अनुसार ४० सहिद परिवारलाई सम्मान गरिएको छ । नेकपा कञ्चनपुरका सेक्रेटरी धन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा विप्लव महाकाली ब्यूरो इन्चार्ज समर सी, जिल्ला इन्चार्ज बिराट सहितको सहित उपस्थितिमा कार्यक्रम भएको हो । सहिद परिवारले जनयुद्धको मर्म अनुरुप सबै माओवादी एकै ठाँउमा आएर सहिदले देखाएको बाटोमा अघि बढ्न सुझाव दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img