कञ्चनपुर : नेकपा एमाले निकट अनेरास्ववियुले आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता गरेको छ ।
अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले निर्वाचन कार्य तालिका अनुरुप जिल्लाभका १५ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार यस अघि नै सबै क्याम्पसमा संगठन विस्तार गरिएको छ । भने स्ववियू निर्वाचन प्रशिक्षण समेत शनिबार गरिने छ । यि हुन अनेरास्ववियुले सगठन दत्ता गरेका क्यापसहरु
१ सिद्धनाथ बिज्ञान क्याम्पस, महेन्द्रनगर
२ जनज्योति बहुमुखी क्याम्पस, महेन्द्रनगर
३ बालजागृती कलेज, महेन्द्रनगर
४ कंचन बिद्या मन्दिर सामुदायिक कलेज, महेन्द्रनगर
५ दानेश्वरहरी बहुमुखी क्यापस, जिमुवा
६ भानु बहुमुखी क्याम्पस, दोधारा चादनि
७ कृष्णबैजनाथ बहुमुखी क्याम्पस, झलारी
८ उदय सरस्वती क्याम्पस, बंक
९ कन्चन बहुमुखी क्याम्पस, गुलरिया
१० महाकाली बहुमुखी क्याम्पस, बेलौरि
११ शारदा बिद्यापिठ, महेन्द्रनगर
१२ वारिधी कलेज, महेन्द्रनगर
१३ रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस, बेलडाडि
१४ रामपुर बहुमुखी क्याम्पस, बेलौरी
१५ जनता बहुमुखी क्याम्पस, पुनर्वास







