कञ्चनपुर : कञ्चनपुरको सुदूरपश्चिम नमुना बहुउदेश्य सहकारी संस्थाले शेयर सदस्यलाईं बाख्रा वितरण गरेको छ । बेदकोट नगरपालिकामा रहेको सुदूरपश्चिम नमुना बहुउदेश्य सहकारी संस्थाले शेयर सदस्यलाईं बाख्रा वितरण गरेको हो । सुदूरपश्चिम नमुना बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष नरेन्द्र चन्दले बिहीबार एक कार्यक्रमका विच ९६ जना शेयर सदस्यलाई बाख्रा वितरण गरिएको बताए ।

अध्यक्ष चन्दका अनुसार शेयर सदस्यको आर्थिक निर्भरतादेखि व्यवसाय गर्नका लागि बाख्रा वितरण गरिएको छ । अध्यक्ष चन्दका अनुसार शेयर सदस्यलाई तालिम दिईएको छ । लेखा, सहकारी, कृषि र बाख्रा पालन सम्बन्धी तालिम दिईएको छ । बेदकोट नगरका उपप्रमुख तुलसी जोशीको प्रमुख आथित्यमा तालिम सम्पन्न भएको थियो । उपप्रमुख जोशीले तालिममा सिकेका विषय व्यवहारिक रुपमा कार्यान्वयनमा जोड दिईन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट अनुदानमा उक्त कार्यक्रम गरिएको सहकारीका अध्यक्ष चन्दले बताए ।







