कञ्चनपुर : एकीकृत सरकारी कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा पुरुषोत्तम भट्ट चयन भएका छन । नेकपा एकीकृत समाजवादी निकट सरकारी कर्मचारी कञ्चपुरको मंगलबार महेन्द्रनगरमा भएको भेलाले अध्यक्षमा भट्ट चयन भएका हुन ।

उपाध्यक्ष रमेश प्रसाद भट्ट , देवकी जोशी, सचिव चन्द्रा कुमारी भट्ट, सहसचिव कमला जोशी, कोषाध्यक्ष बिरेन्द्र बहादुर चन्द रहेका छन । यस्तै सदस्यहरु कृष्णप्रसाद बोहरा, गणेश बहदुर बिष्ट, डम्बरदत्त जोशी, भानदेव बडु, रामबहादुर बिष्ट, प्रकाश जोशी, राजु खुना, शारदा पनेरु, इन्द्रबहादुर सार्की, दुर्गेश धामी, कर्णबहादुर थापा, जानकी बोहरा, गोबे धामी, बिमला भट्ट रहेका छन ।

एकीकृत सहकारी कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा चयन भएका पुरुषोत्तम भट्टले निजामती कर्मचारीको हक हितका लागि पैरवी गर्दै निजामति सेवालाई जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य एव पुर्वमन्त्री उर्वादत्त पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रमा संगठनका सचिवालय सदस्य जयदेव जोशी, केन्द्रीय प्रतिनिधी लिलावती भाट, शेर सिह भण्डारी,पेशागत महासंघ सुप प्रदेश अध्यक्ष डा.कविन्द्र चन्द सहित समाजवादीका नेता कार्यकर्ता कर्मचारीको सहभागिता रहेको थियो ।







