कञ्चनपुर: कञ्चनपुरका विद्यार्थी नेता बिरेन्द्रराज विष्ट तेस्रो पटक महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को अध्यक्षमा चयन भएका छन । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को अध्यक्षमा विष्ट लगातार तेस्रो पटक अध्यक्षमा चयन भएका हुन । बुधबार सम्पन्न भएको अभिभावक भेलाबाट अध्यक्षमा विष्ट चय भएको विद्यालयले जनाएको छ । महेन्द्रनगर माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले सहमतीय आधारमा विद्यालय व्यवस्थापन समिति चयन भएको बताए ।

सदस्य मोहनदेव जोशी, डिल्लीराज दाहाल, निर्मला जोशी, मिना भण्डारी, पार्वती भट्ट, शिक्षक प्रतिनिधी बिर बहादुर भण्डारी रहेका छन । शिक्षा नियमावली अनुरुप भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा र सोही विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउद सदस्य सचिव रहने छन । सरकारको लगानी रहेका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किरहेका बेला उक्त विद्यालय कञ्चनपुरकै उत्कृष्ठ भएकाले अभिभावकले पुन तेस्रो पटक विष्टलाई नै अघि सारेका हुन । अध्यक्ष विष्ट नेकपा माओवादी केन्द्र निक अखिल क्रान्तिकारीका नेता हुन ।

उनले अभिभावकको विश्वास अनुरुप थप विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्दै सामुदायिक विद्यालयको थप बृद्धि विकासमा भूमिका निर्वाह गर्ने प्रण गरेका छन ।अध्यक्ष विष्टले प्राविधिक शिक्षा सहित शैक्षिक गुणस्तर, भौतिक बृद्धिका साथै पढ्दै कमाउदै कार्यक्रम संचालन, गरिब, विपन्न एव जेहेन्दार विद्यार्थीलाई सहुलियत शिक्षा छात्रबृति एव विवित शैक्षिक कार्यक्रम संचालन गर्ने बताए । एक कार्यक्रमका विच विद्यालयका तर्फबाट नव चयन भएको विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।







