चुरे संरक्षण सञ्जाल नेपालद्वारा चुरे वनमा निर्माण हुन लागेको ध्यान केन्द्र खारेजीको माग


कञ्चनपुर: चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरले चुरे वनमा निर्माण हुन लागेको ध्यान केन्द्र खारेजीको माग अघि सारेको छ । चुरे सरक्षण सञ्जाल नेपालले डिभिजन वन कार्यालय कञ्चनपुर सहितका विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाउँदे ध्यान केन्द्रका कारण चुरे बिनास भईरहेको भन्दै खारेजीको माग अघि सारेको हो । मंगलबार संरक्षण सञ्जाल नेपाल कञ्चनपुरले डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका, जिल्ला समन्वय समिति सहित भीमदत्त नगरपालिका ८, ९ र १० वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सुदूरपश्चिम विपश्यना ध्यान केन्द्र साधना धार्मिक वन खारेजीको माग अघि सारेको हो ।

चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले चुृरे बिनास हुँदा समेत वन सहितका निकायको मिलोमतोमा पक्की संरचना निर्माण भईरहेको भन्दै खारेजीको माग अघि सारेका हुन । संरक्षणकर्मी धर्मानन्द पन्तले सम्बन्धीत निकायकै वेवास्ता मिलोमतोका कारण चुरे वन बिनास भईरहेको बताए । उनले संरचना निर्माणबाट उत्पन्न समस्याको जिम्मेबारी कसले लिने हो ? भन्दै जिज्ञासा राखेका छन । यस अघि ध्यान केन्द्र बिरुद्धमा रहेका केही व्यक्ति पछि मिलोमतोमै रुमलिएको बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले उक्त विषयमा डिभिजन वनबाट कार्य योजना विपरित कार्य रोक्दै धार्मिक वन नै खारेजी गराउने प्रकृयामा गएको बताए ।


ताजा समाचार

spot_img