भारतीय सुरक्षाकर्मीद्वारा नेपाली महिलामाथि भएको ज्यादतीको रास्वपाद्वारा भत्सना


कञ्चनपुर : भारतीय सीमा सुरक्षाकर्मीले नेपाली क्यारिङ्गकर्ता महिलामाथि ज्यादती गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले भत्र्सना जाहेर गरेको छ । गत शुक्रबार साईकलमा समान बोकेर आफ्नो जीवन निर्वाह गर्दै आएका नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले भन्सारको गेट बन्द गरेर रातभरी यातनायुक्त दुख दिएर नेपाल आउनबाट रोक लगाउन खोजिएको घटनाको राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरले भत्र्सना जाहेर गरेको हो ।

आइतबार राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले प्रशासनमा ज्ञापन पत्र बुझाउँदै घटनाको भत्र्सना जाहेर गरेको छ । राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महता नेतृत्वमा प्रशासनमा गएको टोलीले सीमावर्ती भारतीय शहर बनबासा जोड्ने महाकाली नदीमाथिको शारदा ब्यारेजको पुल खोल्न नमान्दा नेपाली महिलाले बनबसा पुलमै चिसो रात गुजारेको घटना प्रति राष्ट्रिय स्वतन्त्र पार्टिको गम्भिर ध्यानाकर्षण गराएको छ । घटनाको सत्यतथ्य छानविन गर्न तथा अब उपरान्त यस्ता घटना दोहरिन नदिन भारति पक्षसंग कुटनैतिक पहल गर्नका लागि नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।


ताजा समाचार

spot_img