कञ्चनपुर : जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तत्तकालिन माओवादीले परिर्वतनका लागि थालेको युद्ध शुरुवात गरेकै दिन सरकारले सार्वजनिक विदा दिएको हो । २९फागुनमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट फागुन १ गते देशभरी सार्वजनिक विदा दिने निर्णय भएको छ ।

विदा बारे गृह मन्त्रालयले आइतबार नै सुचना जारी गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा हस्ताक्षरित गरिएको विज्ञप्ती देशभर सार्वजनिक विदा दिने निर्णय भएको जनाईएको छ । राजनीतिक परिर्वतनका लागि आन्दोलन शुरुवात गरिएको दिनको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।







