भूमि अधिकार मञ्चको पाँचौ जिल्ला अधिवेशन झलारीमा


कञ्चनपुर : सुरक्षित घरवास सबैलाई, खेतीयोग्य जमिन जोत्नेलाई भन्ने नारा सहित शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा शुक्रवार देखि जिल्ला भूमि अधिकर मञ्च, कञ्चनपुरको पाँचौ अधिवेशन शुरु भएको छ । अधिवेशन दुई दिन सम्म चल्ने छ । अधिवेशनको शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना पन्तले उद्घाटन गर्नु भएको छ । अधिवेशन उद्घाटन गर्नु हुदै उहाँले अव्यवस्थीत बसोवासी र सुकुम्बासीको समस्या समाधान गर्नका लागि नगरपालिकाले जग्गा नाप जाँचको कार्य अगाडी बढाएको बताउनु भयो । उहाँले जग्गा बर्गिकरण गर्ने कार्य पुरा गरी जिल्लामा पठाईएको उल्लेख गर्नु हुदै धेरै लामो समय देखि रोकिएको जग्गाको कारोवार र किताकाटको कार्य शुरु हुने जानकारी दिनु भयो । किसान नेता तथा नगरपालिकाको वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले संविधानको मौलिक हकमै आवास र जग्गाको हक हुने कुरा उल्लेख भएकाले अव कसैले पनि घर जग्गाबाट बञ्चित हुनु नपर्ने बताउनु भयो । संविधान प्रदत्त अधिकार प्राप्तीका लागि सबैले लाग्नु पर्नेमा उहाँको जोड थियो ।

वर्षौ देखि एलानी, पर्ती जग्गामा बसोवास गर्दै आएका व्यक्तिहरुले जग्गाको स्वामित्व पाउन सकेका थिएनन् उहाँले भन्नु भयो, संघीयता आए संगै जग्गा नाप जाँचको कार्य अगाडी बढेको सन्तुष्टी व्यक्त गर्नु भयो । नेपाली काँग्रेसका नेता तेज शाहले सबै संग जगा र बस्नका लागि घर हुुनु पर्ने बताउनु भयो । रोजगारीको ग्यारेण्टी गर्ने कार्य राज्यको हो उहाँले भन्नु भयो, राज्यले सबै नागरिक माथि संविधान अनुसार व्यहार गर्नु पर्छ । भुमि अधिकार मञ्चका अध्यक्ष कर्ण बानियाले भुमि हिनको अधिकार संविधानको कितावका पानामा मात्रै सिमित भएकाले कार्यान्वयनका लागि सबैले एकजुट भएर अगाडी बढनुको विकल्प नरहेको बताउनु भयो । उहाँँले भूमि ऐन आठ पटक संसोधन भएर आएको छ उहाँले भन्नु भयो, त्यो सबै भूमि अधिकारर्मीको आन्दोलनको परिणम स्वरुप भएको हो ।

भूमि अधिकार मञ्चले जग्गाको मात्रै वकालत नगरेर खाद्य अधिकार र मानव अधिकारको पनि वकालत गर्दै आएको बताउनु भयो । जिल्ला सम्मेलनमा नौ वटै स्थानिय तहका प्रमुखहरुलाई निम्ता गरेका थियौं उहाँले भन्नु भयो, बेलौरी र शुक्लाफाँटाका उप प्रमुख द्वय बाहेक कसैले सहभागीता जनाउनु भएको छैन, जस्तो व्यवहार जनप्रतिनिधिले गरेका छन, त्यसै व्यवहार भूमि अधिकार मञ्चमा आवद्ध सदस्यले गर्ने छन । जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमको सञ्चालन भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका सचिव राम बहादु चुनाराले गर्नु भएको थियो भने स्वागत मन्तव्य मञ्चका जिल्ला सदस्य माया ओडले गर्नु भएको थियो ।कार्यक्रममा बेलौरी नगरपालिकाका उप प्रमुख कुलविर चौधरी, भूमि अधिकारकर्मी काली चौधरी, पार्वती भट्ट लगायतले मन्तव्य राखेका थिए । सम्मेलन उद्घाटन हुनु पूर्व भूमि अधिकार मञ्चमा आवद्धहरुले झलारी बजारमा विभिन्न नारा लेखिएका प्ले कार्ड प्रर्दशन गर्दै भूमी अधिकार बारे सजग गराएका थिए ।


ताजा समाचार

spot_img