पुनर्वासमा किसानहरुलाई सहयोग


पुनर्वास : युएनडिपी नेपालको सहयोग तथा पुनर्वास नगरपालिका र स्वीट नेपालको सहकार्यमा पुनर्वास नगरपालिका केही वडामा रहेका किसानहरुका समुहहरु लाई कृर्षि औजारहरु सहयोग गरेको छ । युएनडिपी नेपाल सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती सिह गिरी,पुर्नबास नगरपालिका नगरप्रमुख तोया प्रसाद शर्मा,उपप्रमुख भुलिया राना तथा स्वीट नेपालका ब्यवस्थापक अमित सुनारले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पुनर्वास नगरपालिका वडा न १ र २ का अदुवा खेती र हल्दी खेती गर्ने ४९ जना किसानहरुको समुहलाई मसला प्रसोधन मसिन २ वटा दिईयो भने वडा न ७ मा च्याउ खेती गरिरहेका ३१ जना किसानहरुको समुहलाई च्याउ उत्पादन गर्ने मसिनहरु बल बनाउने मसिन, पराल काटने मसिन, पराल उमाल्ने मसिन सहितका सहयोग औजारहरु सहयोग गरेका छन जसले किसानहरुले उत्पादन गरेका चिजबस्तुहरुको प्रसोधनलगायतमा सहयोगीको रुपमा साध्य हुने र कामदार लगाउत लागतमा कमी आउने जानकारी स्वीट नेपालका जेटिए दिपक खनालले जानकारी गराएका छन त्यसैगरी युएनडिपी नेपालले पुर्नबासमा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा एक्सरे प्रिन्ट, टेबुल एक्सरे फिल्म २ थान लगायत समेत सहयोग गरेको छ ।

जसले गर्दा स्वास्थ चौकीमा एक्सरे लगायत सेवा सुविधा दिन सकिने जानकारी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताएका छन । युएनडिपी नेपालले पुर्नबास नगरपालिकामा स्वीट नेपालको साझेदारीमा बिगत एकबर्षदेखि आर्यआर्जनको क्षेत्रमा काम गर्दे आईरहेको छ । पुर्नबास नगरपालिकाको ६ वटा वडामा रहेको रोजगारी गुमाई नेपालमै बसिरहेका, महिला, दलित, जनजाती, एकल महिला, अपागता भएका ब्यक्ति लगायत अती बिपन्न समुदायका लागी काम गर्दे आईरहेको छ ।

 


ताजा समाचार

spot_img