कञ्चनपुर: घरपालुवा जनावर बङगुरमा अफ्रिकन स्वाईन फिभर रोग देखिन थालेको छ । कैलाली कञ्चनपुरका बङगुरमा अफ्रिकन स्वाईन फिभर रोग देखिन थालेको हो । कैलाली कञ्चनपुरमा महामारीकै रुपमा रोग फैलिन थालेपछि किसान मारमा पर्ने भएका छन । आम्दानीको स्रोतकै रुपमा रहेका बङगुर मर्न थालेपछि कैलाली कञ्चनपुरका किसान हैरान भएका छन । कैलालीको भजनमा केही महिना बङगुरमा स्वाईन फिभर रोग देखिएको थियो । कैलालीका अधिकाँस पालिकाहरुमा यो रोग देखिन थालेपछि कञ्चनपुरमा समेत देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले शुरुवाती दिनहरुमा कैलालीमा देखिएको अफ्रिकन स्वाईन फिभर रोग कञ्चनपुरमा समेत देखिएको बताए । ‘हाम्रो यहाँ अहिले दुई पालिकामा देखिएको छ, ‘उनले भने, ‘बेदकोट र शुक्लाफाँटाका बङगुरमा देखिएको यो रोग विस्तारै अन्यन्त्र पालिका क्षेत्रमा समेत फैलिनेछ ।’ बेदकोटमा देखिएपछि कार्यालयले नमुना संकलन गरेर केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाएसंगै अफ्रिकन स्वाईन फिभर रोग पुष्टी भएको बताए । ‘शुरुवाती चरणमा किसानले बङगुर बिरामी हुँदा काटेर बेच्नेदेखि खाएका रहेछन, ‘उनले भने, ‘केही किसान हाम्रो सम्र्पकमा आएपछि मृत बङगुरको नमुना संकलन गरेर पठाएका थियौँ, पुष्टी भयो ।’ रोग लागेपछि एकै ठाँउमा थुप्रिएर बस्नेत, निलडाम देखिने, कानका टुप्पोमा रगत जमेको धब्बाहरु देखिने, नाकबाट फ्रिज निकाल्ने, १०४ डिग्री भन्दा बढि ज्वरो आउने, दानापानी नखाने जस्ता लक्ष्यण हुने गरेको डा. ठगुन्नाले बताए । संक्रमित बङगुर, सुगर र बदेलविच प्रत्यक्ष सम्पर्क भए, खानपान, हावापानीबाट रोग सर्ने गरेको बताए ।

रोग लागेपछि मर्नुको विकल्प नभएको उनले बताए । ‘यो रोगको न भ्वाक्सिन बनेको छ, ‘नत औषधी नै, ‘डा. ठगुन्नाले भने, ‘रोग लागेपछि बाँच्ने चान्स एकदमै कम हुन्छ, त्यसैले समयमै सचेत हुनुपर्छ ।’ जैविक सुरक्षाका लागि विधी अपनाएर रोग लाग्नु भन्दा पहिले नै सर्तकता अपनाउनुपर्ने बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले रोगबाट बाँच्नका लागि ९वटै पालिका पशु सेवा शाखाका प्रमुखसंग समन्वय बैठक गरेर आ–आफ्नो पालिकामा सचेतना कार्यक्रम संचालनमा जोडदिईएको कार्यालयबाट समेत किसानका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको बताए । बङगुरमा अफ्रिकन स्वाईन फिभर रोगका कारण कैलाली–कञ्चनपुरका बङगुर पालक किसान मारमा पर्दै आएका छन ।







