आकाश बोहरा/कञ्चनपुर : कृष्णपुर नगरपालिका स्तरीय १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७९ शुरु भएको छ । बुधबार एक कार्यक्रम विच प्रतियोगिताको उद्दघाटन भएको हो । कृष्णपुर नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियिगिताको उद्दघाटन कार्यक्रमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो भने विशिष्ट अतिथीमा जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो ।

उद्दघाटन कार्यक्रममा विभिन्न किसिमका लोक सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो । भने बुधबार देखि नै प्रतियोगिता शुरु भई विभिन्न खेलहरु खेलाईएका थिए । ‘खेल जिवन र राष्ट्रको लागि महत्वपुर्ण भएकोले शिक्षा सँगै खेलमा पनि रुचिहुन जरुरी रहेको’ उद्दघाटन समारोहमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले बताउनु भयो ‘खेलकुदले स्वास्थ्यको लागि राम्रो गर्छ र मानिसलाई तनाव मुक्त राख्ने काम गर्छ भने एउटा खेलाडीले राष्ट्रको नाम पनि विश्वसामु चिनाउने हुनाले खेलपनि हरेक व्यत्तिको लागि अपरिहार्य रहेको’ सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले बताउनुभयो ।

कृष्ण माध्यमिक विद्यालय कृष्णपुर–४ कञ्चनपुरमा भई रहेको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता माघ २५ गते देखि २७ गते सम्म रहने छ । यस अवधिमा कृष्णपुर नगरपालिका भित्र रहेका विद्यालयहरुले खेलमा भागलिने छन् । त्यहाँबाछ छनौट भएका विद्यालय र विद्यार्थीले १३ औं राष्ट्रिपति रनिङ्ग शिल्डमा भागलिने छन् ।







