बेलडाँडीको सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारीका शेयर सदस्यलाई नोभा अस्पतालमा विशेष छुट


कञ्चनपुर : कञ्चनपुर बेलडाँडीमा रहेको सिद्धबैजनाथ बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यलाई नोभा अस्पतालमा विशेष छुट हुने भएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नीमा केन्द्रीय कार्यालय रहेको सिद्धबैजनाथ बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यलाई नोभा अस्पतालमा विशेष छुट हुने भएको हो । सिद्धबैजनाथ बहुृउदेश्यीय सहकारी संस्थाका अध्यक्ष क्षितिज भट्टले सहकारीका शेयर सदस्यलाई धनगढीमा रहेको नोभा हस्पिटलमा उपचार गर्दा विशेष छुट अुने बताए । अध्यक्ष भट्टका अनुसार बेलडाँडीमा रहेको सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारी संस्थालाई स्वास्थ्य सेवामा छुट दिने भएको छ ।
दुबै विच भएको एमओयु अनुसार अस्पतालबाट कुनै पनि सेवालिने सहकारीका सेयर सदस्यहरुले विशेष छुटको ब्यवस्था पाउने भएका छन । नोभा हस्पिटलका डा. रामप्रसाद लामिछाने र सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष क्षितिज भट्ट विच उपचार सेवामा छुट पाउने पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता २०७९ मंसिर १६ गते भए पनि माघ २० गते शुत्रबार थप छलफल भएको सहकारीका अध्यक्ष भट्टले बताए ।
भट्टका अनुसार सहकारीका सदस्यहरुले फार्मेसीमा ५ प्रतिशत, ओपिडीमा २० प्रतिशत, ब्याड चार्ज र क्याविन, आइसियु मुख्य अप्रेशन, इसिजी रइइजीरयुवएसमा १० र १० प्रतिशत छुट दिने सम्झौता भएको जनाए । यहाँका आम नागरिकको स्वास्थ्यलाई ध्यान दिदै एम्वुलेन्स सेवा सुचारु गरिन थालेको हो । सहकारीले केहिदिन भित्रै एम्वुलेन्स सेवा संचालनमा ल्याउने तयारी समेत गरेको बताए ।


ताजा समाचार

spot_img