कञ्चनपुर : भीमदत्त न.पा.९ तुमडानी स्थित श्री वाटिका ईन्टरनेश्नल स्कुलद्धारा २०७९।१०।२० मा विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि १ दिने साहित्यीक तथा स्वास्थ्य सम्बद्ध विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । विद्यालय व्यवस्थापन समिति तथा सम्बद्ध व्यक्ति उपस्थित कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपलले गर्नु भएको थियो भने विद्यालयका प्रिन्सिपल तथा युवा साहित्यकार ललित सिंह धामीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै अतिथी वक्तामा स्वागत गर्नु भएको थियो ।

अतिथि वक्ताका रुपमा उपस्थित राजु सिंह खड्का (पिल्कोटी)ले स्वास्थ्य जिवनयापनका सामान्य उपायसंगै जंक फुडका बेफाइदाका विषयमा परिचर्चा गर्नु भएको थियो । कार्यक्रमकै अर्का अतिथी वक्ता साहित्यकार तथा सरल हनुमान चालिसाका लेखक अमर राज पन्त विदुरले विद्याको महत्व ,चालिसा चर्चा,समसामयिक विषयमा कविता वाचन गर्नु भएको थियो । विद्यालयका विद्यार्थी तथा शिक्षकले ध्यानबद्ध भइ विषयवस्तु ग्रहण गरेको कार्यक्रममा अतिथीद्दय राजु सिंह खड्का र अमर राज पन्तलाई सम्मान समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति पदाधिकारीबाट धन्यवाद मन्तव्य सहित समापन भएको कार्यक्रको प्राविधिक सहयोग भी.न.पा.५ वनगांउ स्थित श्री प्रकाश मेमोरियल पब्लिक स्कुलका पुर्व सहायक प्रिन्सिपल तथा महाकाली साहित्य संगमका केन्द्रिय सदस्य अमित प्रसाद भट्टले गरेका थिए ।







