कञ्चनपुर : एकीकृत समाजवादीको युवा संघ नेपालले कञ्चनपुर जिल्ला अधिवेसनको आयोजक कमिटी गठन गरेको छ । आज बसेको बैठकले जिल्ला अधिवेसनको लागि आयोजक कमिटीका संयोजक तप्त्व ठकुल्ला र सचिव सरोजकुमार विष्ट रहने गरी १७ सदस्यिय आयोजक कमिटी गठन गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । फागुन २५ गते सम्म पालिका भेलाहरु सम्पन्न गर्ने र चैत्र मसान्तभित्र जिल्ला अधिवेश सम्पन्न गर्ने योजना रहेको युवा संघ नेपालका सचिव सरोजकुमार विष्टले बताए ।
आज भएको भेलामा सह संयोजक तप्त्व ठकुल्लाको अध्यक्षतामा प्रमुख अतिथी संगठनका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेय रहेका थिए भने विशीष्ट अतिथीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला सचिव हरक सिह धामी, युवा संघ नेपालका स्थायी कमिटी सदस्य महेश राज जोशी रहनु भएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सदस्य वेदकोट नगर कमिटी अध्यक्ष उमेश वावलीले गरेका थिए ।
युवा संघ नेपाल जिल्ला समिती कञ्चनपुरले पछिल्ला समयमा तस्करी लगायतका अपराधिक घटनाहरु, चोरी, तस्करी, लागु औषध दुव्र्यसन नियन्त्रण गर्न सम्बन्धित आफूहरुको ध्यानर्कषण भएको साथै राष्ट्र, राष्ट्रियता र जनजिविकाका पक्षमा संगठनका काम कारवाही अगाढी बढाउन समेत निर्णय गरेको युवासंघ नेपालका सचिव विष्टले बताए ।







