कञ्चनपुर : नेकपा माओवादी कञ्चनपुरका युवा नेता गणेश विक(कुसल) एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । बेदकोट नगरपालिका ५धरमपुरको मुक्ति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।

पुर्व बेदकोट नगरपालिका ५का वडाध्यक्ष समेत रहेका विकलाई स्थानीय जनता (अभिभावक)को जोडबलमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका विकले विगतदेखि विद्यालयको बृद्धि विकास गर्दै आएको, अहिले पनि , भाविष्यमा समेत गर्दै जाने प्रण गरेका छन ।







