मृत्यु कुर्दै सुनार


कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीका एक क्यान्सर पिडित युवा महेश सुनारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नीका २८ बर्षिया युवा सुनारको आर्थिक अभावका उपचारमा समस्यना भएको हो ।
भारतमा मजुदरी गरेर जिविकापार्जन गर्दै आएका सुनारको जिब्रोमा क्यान्सर भएछि भारतको मुम्वईमा उपचार भईरहेको छ । सुनार परिवारले उनको उपचारका लागि लाखौँ रकम खर्चिदा समेत उपचार हुन नसकेको छैन । उपचारका लागि ५ कट्टा खेतवारी गर्ने जमिन बेचिसक्दा समेत क्यान्सर निको भएको छैन ।

गत असाढ महिनामा छोराको जिब्रोमा क्यान्सर भएपछि आफु संग भएको ५ कट्टा जमिन बिक्री गरेर १५ लाख जति उपचारमा सकिएको बुवा चन्द्रभान सुनारले जानकारी गराउनु भयो । क्यान्सरका कारण छोराको जिब्रो समेत काटेर फाएिको छ तर अझै क्यान्सरले जटिल रुप लिन थालेपछि थप उपचार गर्न आर्थिक अभावका कारण परिवारजन चिन्तामा परेका छन । लामो समय भारतमा उचार गराई आर्थिक रुपमा निकै कमजोर भईसकेका सुनार अहिले चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत रहेको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले खर्चको अभावमा उपचारमा समस्या हुन पुगेको छ ।
तिव्र आर्थिक अभाव भोगिरहेको दलित परिवारमा क्यान्सर भएपछि परिवार सडकमा आउन पुगेको छ । सहयोगका लागि दुख सुखमा साथ दिने छिमेकी आफन्त र कुनै पनि तहको सरकार समेत अगाडी नआएपछि पिडितले छोराको जिवन रक्षाको निमित्त सहयोगका लागि अपिल गरेका छन । हामीसंग भएको खेतबारी सबै बेचेर छोराको उपचारमा लगायौ । अब परिवार चलाउन र उपचारको हामीसंग एक सुकी नभएको पिडित सुनारले रुदै दुःख पोखे । उनले सहयोगका लागि धेरैको ढोका ढकढकाए तर सहयोगका लागि कोही अघि नआएको गुनासो गरे । खर्चको अभावमा उपचारमा समस्या भईरहेको बताउदै आर्थिक संकटका कारण घरमा दैनिक उपभोगका अति आवश्यक सामग्रीको समेत चरम अभाव सृजना भएको बताए ।
जिब्रो गुमाएर पनि क्यान्सर निको नहुनुको पिडा र दुखाईले रातभरी सुत्न नपाईरहेको क्यान्सर पिडित महेशले हातले इसारा गर्दै दुखेसो पोखे । आर्थिक अभावका कारण समयमा उपचारका लागि अस्पतालमा पुग्न नसक्दा पिडा झन थपिदै गएको छ ।
छिमेकी गजेन्द्र थापाका अनुसार पिडितको आर्थिक अवस्था कमजोर भएर परिवार चलाउन समेत समस्या हुने गरेको बताउदै आफुहरुले सहयोगका लागि अभियान समेत चलाउन थालेको बताए । उनले भने हामीहरु अहिले महेश बचाउ अभियान थाल्दैछौं सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छौं । उहाँका अनुसार मजुदुरी गरेर खाने परिवारमा क्यान्सर भएपछि परिवारमाथि बज्रपात खसेको बताए ।
चुनावका बेला युवा र दलितका मुद्दा उठाउने राजनीतिक दल, सरकार एव वडादेखि केन्द्रसम्मका जनप्रतिनिधीले वेवास्ता गरेको सुनार परिवारको दुखेसो छ । सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ । यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो । सुनार परिवारले सहयोगका लागि एनएमबी बैक महेश सुनारकै ११८०१९६१०९५०००१६ खाता नम्बरमा सक्दो रकम सहयोगका लागि अपिल गरेका छन ।


ताजा समाचार

spot_img