कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको अमिटी कलेजले जिल्ला खेलकुद समितिलाई नगद आर्थिक सहयोग गरेको छ । शनिबार कलेजको १३औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा कञ्चनपुर खेलकुद समितिलाई आर्थिक सहयोग गरेको हो । अमिटी कलेजले कञ्चनपुरको खेलकुद विकासका लागि समितिलाई २० हजार आर्थिक सहयोग गरेको हो ।

अमिटी कलजेका अध्यक्ष गोकुलदेव भट्ट, प्रिन्सिपल रविन्द्र प्रशाद अवस्थी सहितले खेलकुद समितिका अध्यक्ष कुवेर खडकलाई हस्तान्तरण गरेका छन । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले यसरी क्याम्पसबाट पाईएको सहयोगले खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।







