कञ्चनपुर : वेदकोट नगरपालिकाको साबिकको सुडा गाविस अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको २० औं उपशाखा तथा ५ औं अधिवेशन सम्पन भएको छ । शनिबार भएको अधिवेशन बाट नेपाल रेडक्रस सोसाइटी सुडा उप–शाखाको सभापतिमा शंकर दत्त जोशी चयन भएका छन । नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाका सभापति भरत रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथीमा नेपाल रेडक्रस सोसाइटी प्रदेश समिति सदस्य मन्जु दहालको उपस्थिती रहेको थियो ।

आज भएको अधिवेशनबाट सभापतिमा शंकर दत्त जोशी चयन भएपछि । उनको सभापतित्वमा आज ११ सदस्यीय समिति चयन भएको छ । जसमा उप–सभापति पुर्णकला पौडेल, सचीव प्रेमराज अर्याल , कोषाध्यक्ष टीका राम बोहरा, सह–सचीव टेक बहादुर चन्द , सह–कोषाध्यक्ष सरस्वती गिरि, त्यसै गरी सदस्यमा, तुलसी देवी पाण्डेय , तिर्थराज पाण्डेय, लोकेन्द्र सिह धामी , जयधन धामी ,चेतराज भट्ट चयन भएका छन् । उक्त कार्यक्रमको सञ्चालन सुडा उपशाखाका सचिव प्रेम राज अर्यालले गरेका थिए ।

कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलसी राना, वडा नम्बर ७ का अध्यक्ष थानेश्वर भट्ट,वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी,वडा नम्बर ९ का अध्यक्ष जनक बिष्ट , वडा नम्बर १० का अध्यक्ष रतन सिह बिष्ट तथा उपशाखा सुडाका संस्थापक सभापति नारायण गिरि, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका उपसभापति जनक राज जोशी लगायत उपशाखा सुडाका आजीवन सदस्यहरूको भव्य उपस्थिति रहेको थियो।







