आलु बारीमा खाडल खनी लुकाई राखेकोअवैध काठ बरामद


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १२ तिल्के झलारी बाट अवैध काठ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिईएको प्रहरी गस्ती टोलीले विशेष सुराकिको आधारमा अवेध काठ बरामद गरेको हो ।
लालदाश रानाको घर पछाडी आलु बारीमा खाडल खनी लुकाई छिपाई राखेको अवस्थामा सालका काठ लम्बाई ७ फिट, गोलाई ५ फिट १० ईन्च भएको गोलिया थान–१, सालकै काठ लम्वाई ८ फिट, चौडाई १ फिट ६ ईन्च, मोटाई ८ ईन्च भएको २ वटा सिल्ली थान–२ गरि जम्मा ३४.९५ क्यू. फिट बरामद गरी सव डिभिजन बन कार्यालय वाणीमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ताजा समाचार

spot_img