बेलडाँडी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताशुरू


बेलडाँडी : कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो । बेलडाँडी गाउँपालिकाको आयोजनामा कार्यक्रम शुरू भएको अायोजक विद्यालय राैलेश्वर माध्यमिक विद्यालयले जानकारी गराएको छ । प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिह बिष्टले गर्नुभयो ।

गाउँपालिकाका सातवटा विद्यालय सरस्वती जनता माध्यमिक विद्यालय, सरस्वती मावि झर्नासागर, बैजनाथ मावि झिलमिला, गणेश मावि भुर्षा, राैलेश्वर मावि बेलडाँडी, सिद्दनाथ मावि खैरिघाट र कञ्चन ग्यालेक्सी बेलडाँडी बीच प्रतियोगिता सुुरु भएको हो । छात्र र छात्रा गरी ९ वटा बिधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै मावि गरी डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र र छात्रातर्फ सञ्चालन हुनेछन् । गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनौट भएका खेलाडीले फाल्गुन पहिलो साता जिल्लामा हुने प्रतियोगितामा सहभागी हुनेछन् ।

उदघाटनसत्रमा बोल्दै प्रमुख अतिथि तथा संविधान सभा सदस्य ,प्रदेश सदस्य बिष्टले भने “यहाँबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जन्मनु पर्ने शुभकामना दिदै प्रदेश बाट हुने सहयोग गर्ने वचन दिनु भयो ।” बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाको सभापतित्वमा विभिन्न राजनितीक दलका प्रतिनिधिहरू, पालिका उपाध्यक्ष शान्ती नाथ, प्रवक्ताेेेेेेेेेेेेेे गज बहादुर बिष्ट, वडाध्यक्षहरू,प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशी,शाखा प्रमुख लगायत विभिन्न संघ संस्था,शिक्षक विद्यार्थीहरूको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राैलेश्वर माविका शिक्षक दिपक भट्टले गरेका थिए ।


ताजा समाचार

spot_img