कञ्चनपुर: अखिल क्रान्तिकारी कञ्चनपुरले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई स्ववियू निर्वाचनबाट बञ्चित गराउन खोजेको जनाएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई स्ववियू निर्वाचनबाट बञ्चित गराउन खोजेको जनाएको हो । अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै वित्रिको अव्यवहारिक नियर्णप्रति आपत्ति जनाएको छ ।

फागनु ७सम्म स्नातक, व्यवस्थापन, मानविकिी र शिक्षा संकायको सीमा तोकेर फागुन १०देखि परीक्षा संचालन गर्न खोजेको भन्दै आपत्ती जनाएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्ट र सह संयोजक डम्बर कुँवरद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा विद्यार्थीलाई स्ववियु निर्वाचनबाट बञ्चित गराउने कार्य निन्दनिय भएको भन्दै चौथो बर्षका विद्यार्थीको परीक्षा तयारी गर्ने समय सीमा राखेर पुन परिक्षा तालिका सार्वजनिक गर्न माग अघि सार्दै विद्यार्थीलाई मार पर्ने काम गरेर त्यस बिरुद्धमा क्रान्तिकारीले शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।







