शुक्लाफाँटाका नीति तथा कार्यक्रम समावेशीतामा आधरित हुने


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकाले रोजगारमुखि समावेशी विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने भएको छ ।
नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन २०७९ लागु गरेको छ । लागु गरेको मागर्दशन अनुसार नगरपालिकाको सांगठनीक संरचना लैंङ्गिक समानतामा र समाजिक समावेशीकरणमा आधारित हुने भएको छ । यो संगै उपभोक्ता समिति, समिति, समुह, कर्मचारी भर्ना, कार्यक्रम, गोष्ठी लगायतमा समावेशीको अबधारणा लागु गरिने भएको हो ।
नेपालको संविधान २०७२ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व (भाग४) मा सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी व्यवस्था भए अनुसार नगरपालिको मागदर्शन तयार गरी लागु गरेको हो ।
पिछडीएका जाति समुदाय तथा भौगोलिक क्षेत्रको विकासालाई नीति तथा कार्यक्रम माफर्त विशेष प्राथमिकतामा राखेर अगाडी बढाउनका लागि मार्गदर्शन तयार गरी लागु गरिएको नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले बताईन ।
उनका अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असाहाय वर्गको हितलाई ध्यानमा राखि नीति तथा कार्यक्रम समावेशीका आधारमा ल्याईने भएको छ । त्यसकै आधारमा बजेट विनियोजन हुने छ ।
सुरक्षित मातृत्व, आधारभूत स्वास्थ्य सेवामा पहुँच, पोषणको अबस्थामा सुधार, सफा टोल, गुणस्तरीय आधारभूत शिक्षा, स्वास्थ्य सेवा, दण्डरहित शिक्षा र लक्षित वर्गको हितलाई प्राथमिकतामा राखेर नगरपालिकामा कार्यक्रहरु सञ्चालन गर्न मार्गदर्शनले मार्ग प्रशस्त गरेको छ ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त नगरपालिकाको विशेषतालाई आत्मसात गर्दै वर्गीय, जातीय, लैंङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्तय गरी न्याय पूर्ण सामाज निर्माणका लागि मार्र्गदर्शन बनाएर कार्यान्वयनमा ल्याएका छौं’ नगर उप प्रमुख कल्पना पन्तले भनिन् ‘लैंङ्गिक समानता, समावेशी र सहभगितामुलक सिद्धान्तका आधारमा समातमूलक नगरपालिको संकल्प गरेको छौं , त्यसै अनुरुप मार्गदर्शन ल्याईएको छ ।’
नगरपालिकाले सञ्चालन गर्ने योजना, कार्यक्रम, समुह, उपभोक्ता समिति, व्यवस्थापन समिति लगायतमा लैंङ्गिक समानता र सामाजिक समावेशीकरणको आधारणा लागु गरिने उनले बताईन ।
‘समाजमा पछाडी पारिएका, बञ्चित समुहलाई विकासको मूलधारमा ल्याउनका लागि मार्गदर्शन अनुसार कार्यक्रम सञ्चालन गर्छौ’ उनले भनिन् ‘लिङ्ग, उमेर, जाती, धर्म, शिक्षा, वर्ग, आर्थिक स्थिती, बसोवास तथा अन्य विशेषता(अशक्त, जातीय समुदाय बाहिरका अल्पखंख्यकहरु, शहरी गरिव, विकासका क्रियाकलापहरुबाट विस्थापीत समुह) का आधारमा तथ्याङ्गक विश्लेषण गरी योजना बनाई लागु गरिने छ ।’
लैङ्गिक विश्लेषण अनुसार नीति तथा अभ्यासहरुको परिक्षण गरेर कुनै पनि कार्यक्रम तथा आयोजनाबाट महिला, पुरुष कतिको लाभान्वित भएका छन भन्ने कुराको लेखाजोखा राख्ने कार्य समेत हुने उनले बताईन ।
मार्गदर्शन अनुसार श्रम विभाजन सम्बन्धी कार्यहरु, उत्पादन श्रोत साधन एवं निर्णायक शक्तिमा पहुँच(कसले के काम कहाँ र किन गर्दछ, कुन उत्पादनका साधनहरुमा कसको पहुँच छ, निर्णय गर्ने अधिकार कसमा निहीत छ) जस्ता जनपक्षिय लेखाजोखा आयोजनाहरु कार्यान्वयन हुनु अगावै गर्नु पर्ने छ ।
नगरपालिकका शाखा अन्र्तगतका कार्यक्रम तथा आयोजनाहरु, साझदार संघ संस्था, सामुदायिक समुहहरुको नीति कार्यक्रम, बजेट निर्धारण, संस्थागत व्यवस्थापन, मानव संसाधन सम्बन्धी सवालहरु अनुगमन मूल्याङकन लैङ्गिक समानता र सामाजिक समावेशीकरणका आधारमा हुने छन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टका अनुसार अवसर तथा श्रोत साधान उपभोग गर्नबाट बञ्चित भई जोखिमा परेका स्तरयुक्त आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा जीवनयापन गर्न बञ्चितभै गरिबि र सामाजिक रुपमा बञ्चितीकरणमा परेका समुहहरुलाई निर्णय प्रकृयामा सहभागी गराई उपलब्ध अवसर, श्रोत साधन, आधारभूतत अधिकार उपभोग गर्ने कुरा सुनिश्चित गरिएको छ ।
‘अवसरहरुबाट बञ्चित , श्रोतसाधनमा पहुँच र नियन्त्रणमा पछाडि परेका अशक्त, कमजोर बर्गको अधिकारको ग्यारेण्टी मार्गदर्शनले गरेको छ’ उनले भने, ‘नगरपालिकाले बजेट निर्धारण गर्दा, योजना, कार्यक्रम बनाउदा लैङ्गिक उत्तरदायीत्व बोध हुने गरी कार्य अगाडी बढाउने छ ।’
नगरपालिकाले सम्पादन गर्ने सम्पूर्ण क्रियाकलापहर लैङ्गिक मैत्री र समावेशीकरणको अवधारणाा अनुरुप सम्पादन गर्नका लागि स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १५ को दफा १०२ को अधिकार प्रयोग गरी यस अघिको आठौं नगर सभाबाट लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७७ पारित भएको थियो । सोही नीतिका आधारमा मार्गदर्शन तयार गरी लागु गरिएको छ ।


ताजा समाचार

spot_img