नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न


कञ्चनपुर : अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्ने संस्था नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनकाे उद्धधाटन शत्रकाे सभापतित्व सघकी अध्यक्ष अनिता ढुङ्गनाले गर्नु भएकाे थियाे । प्रमुख अथिति बेदकाेट नगरपालिकाका नगर उप प्रमुख तुलसी जाेशी रहनु भएकाे थियाे र अतिथिमा नगरकार्यपालिका सदस्य पार्वती विष्ट , महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापा राष्ट्रिय दृष्टिविहन सघ नेपालका अध्यक्ष बलराम पन्त रहनु भएकाे थियाे । उत कार्यक्रम खेमा सापकोटा ले संचालन गर्नु भएकाे थियाे ।

शुभकामना मनत्वय राख्दै नगर उप प्रमुख तुलसी जाेशीले समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् त्यसको लागि म तपाईंकाे साथ साथै छु अगामि दिनहरुमा यहाँहरुका सवालहरुमा सहकार्य गर्ने प्रतिबध्दता गर्नु भयाे । उक्त जिल्ला अधिवेशन कञ्चनपुर जिल्लाकाे बेदकाेट न.पा.काे दैजि स्थिति साना किसान सहकारी संस्थाकाे सभा हलमा सम्पन्न भएकाे थियाे । नेपाल अपाङ्ग महिला संघकञ्चनपुर को ८औ वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले पार्वती भट्टको अध्यक्षतामा आगामी २ वर्षका लागि ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा हिरा भट्ट , सचिवमा नन्दकलि राना , सह सचिवमा पशुपति भट्ट र कोषाध्यक्षमा बुधनी चाैधरी पशुपति भट्ट निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा कल्पना साउद , रामकुमारी चाैधरी निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्य समितिलाई नेपाल अपाङ्ग महिला संघकी निर्वतमान अध्यक्ष अपाङ्ग अधिकारकर्मी अनिता ढुङ्गनाले बधाई तथा सफल कार्यकालको शुभाकमना व्यक्त गर्दै आगामी दिनमा सबै प्रकारका अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई प्राथामिकताका साथ अगाडि बढाएर उनीहरुको हक हितको लागि काम गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यसै गरी यसै संस्थाकी नवनिर्वाचित पार्वती भट्टले यस साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै अपाङ्गता भएका महिलाहरुका प्रत्येक सवालहरु, हक अधिकारहरु सुनिश्चित गर्न, हिंसामुक्त समाज निर्माण गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो ।


ताजा समाचार

spot_img