खडक कोली/कञ्चनपुर : शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरले माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक गुणस्तर सुधार सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु सुरु गरेको छ । सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तर प्रति केन्द्रित रहि सामुदायिक र संस्थागत विद्यालयबिच एकै स्थानमा अन्तरक्रिया कार्यक्रम संचालन भएको शिक्षा विकास तथा समन्वय ईकाइ उप सचिव तथा कार्यालय प्रमुख दिपक राज कलौनीले बताए । शैक्षिक गुणस्तरलाइ कसरी बढाउने, सामुदायिक र संस्थागत बिद्यालय विच साझेदारी गर्ने भन्ने विषयमा बृहत अन्तक्रिया गरिएको हो । उक्त कार्यक्रममा विद्यालयमा गुणस्तर अभिवृद्धिका सूचकहरु के के हुन्, ति सूचकहरुलाइ पूरा गर्न क–कसको जिम्मेवारी हुुन्छ भन्ने विषयमा अन्तरक्रिया हुने गरेको कार्यालय प्रमुख दिपक राज कलौनीले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमका मुख्य उद्देश्य शैक्षिक गुणस्तर अभिवृद्धिका सैद्धान्तिक पक्षहरुवारे छलफल गर्नु र अनुकरणिय अभ्यासहरुको सिको गर्नु, शैक्षिक गुणस्तर अभिवृद्धिका मुद्दाहरु उठान गर्नु, ति मुद्दाहरुका विषयमा छलफल गर्नु र समाधानका उपायहरु खोज्नु, विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिम्मेवार पक्षहरु पहिचान गरि सबैलाइ आफ्नो कर्तव्य बोध गराउनु रहेको योजना अधिकृत राजेन्द्र पसाद भट्टले बताए । प्रधानध्यापकहरुसंगको अन्तरक्रिया कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको संलग्नता रहेने गरेको शिक्षा विकास तथा समन्वय ईकाइका योजना अधिकृत राजेन्द्र पसाद भट्टले बताए ।

हालसम्म अन्तरक्रिया बेलौरी नगरपालिका र बेल्डाँडी गाँउपालिकाका प्रधानाध्यापकहरुलाइ समावेश गरि सञ्चालन गरिएको थियो । कृष्णपुर र पुनर्वासमा कृष्णपुर, पुनर्वास र लालझाडीका प्रधानाध्यापकहरुलाइ सहभागि गराएर अन्तरक्रिया गरिएको ईकाइका योजना अधिकृत राजेन्द्र पसाद भट्टले बताए । उहाका अनुसार यस आ. ब. मा जिल्लाका ९ वटै पालिकामा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ । आर्थिक वर्षको वार्षिक कार्य योजना अनुसार यसै शैक्षिक सत्र भित्र बाँकी रहेका नगरपालिका दोधारा चाँदनी, भीमदत्त, बेतकोट र शुक्लाफाँटा नगरपालिकामा वृहत अन्तरक्रिया गरिने योजना अधिकृत भट्टले बताए ।







