कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिह बेसारनिम्बु खेतीमा जुटेका छन । काँग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहेका काँग्रेस कञ्चनपुरका युवा नेता सिह बेसारनिम्बु खेतीमा जुटेका हुन । सिहले जमिन भाडामा लिएर स्वदेशमै कृषि उत्पादनका काममा जुटेका छन ।
प्रायजसो नेताहरु ईलम नै गर्दैैनन, भन्ने भनाईको चिर्दै सिहले शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा बेसारनिम्बु खेती गरेका छन । शुक्लाफाँटा नगरपालिका ७ कालापानीमा सिहले १० विगाह जमिनमा बेसारनिम्बु खेती गरेका छन । सिह सहित उनको परिवारले २ विगाह आफै र बाँकी ८ विगाह जमिन भाडामा लिएर बेसारनिम्बु खेती गरेका हुन । ५ बर्षका लागि ८ विगाह जमिन भाडामा लिएर नर्सरीदेखि बेसारनिम्बु गरिरहेका छन ।
कालापानी नर्सरी तथा मसला फर्म मार्फत सिह सहित उनको परिवारले नर्सरीदेखि बेसारनिम्खु खेती गरेका छन । काँग्रेस युवा नेता समेत रहेका कालापानी नर्सरी तथा मसला फर्मका मार्केटिङ्ग निर्देशक ज्ञानेन्द्र बहादुर सिहले सिटलेस(म्याक्सिन) प्रजातिको निम्बु र बेसार(हल्दी)खेती गरेको बताए । सिहले ८ विगाह जमिन मध्यवर्ती सामुदायिक वनको जमिन भाडामा लिएर खेती गरेको बताए । ‘हामीले तीन बर्षदेखि नर्सरी खेती गरेका छौँ, ‘उनले भने, ‘दुई बर्षदेखि निम्बु र बेसारखेती गरेका हौँ ।’ सिहले पहिलो चरणमा ५ बर्ष त्यसपछि पनि जमिनको भाडा नविकरण हुने बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै भएको हात्ती सहितका ठुला जनावरको खेती नष्ट गरिदिने गरेको दुखेसो पोखे । ‘हामी मसलाका लागि कच्चा पदार्थ बेसार उत्पादन गछौँ, ‘उनले भने, ‘उचित प्रविधि र प्राविधिक नहुँदा खेतीमा केही कठिनाई भएको छ ।’
सरकारी निकायबाट आफुलाई कुनैपनि सहयोग नपाईएको उनले बताए । ‘केही मानिस सरकारी निकायसंग सेटिङ्ग गरेर लाखौँ अनुदान एव उच्च प्रविधियुक्त मेसिन उपकरण अनुदानमा लिएर काम गर्दछ, ‘उनले भने, ‘हामीले आफ्नै राजनीतिक गर्ने भएकाले आफैले अनुदान सहितको सहयोग माग्ने कुरै भएनन, दिन कोही आउँदैनन ।’ सिहले अर्गानीक मसला उत्पादनका लागि कच्चा पदार्थ हल्दी, निम्बु उत्पादन गरेपनि बजार नहुँदा घाटामै बेच्नुपर्ने बाध्यता रहेको बताए । सिहले बेसार र निम्बुखेतीमा आवश्यक प्राविधिक तथा प्रविधि सहयोगका लागि सरकारी निकायसंग आग्रह गरेका छन ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदन सिह धामीले कृषि क्षेत्रमा युवाको आकर्षण र पब्र्रद्धनका लागि मन्त्रालयले मातहतका निकायबाट आवश्यक सहयोग गर्ने बताए । ‘मन्त्रालयले युवा प्रर्बद्धनका लागि आवश्यक नीति, योजना बनाएर विभाग, निर्देशनालय, जिल्ला, पालिकामा कार्यक्रम पठाएको हुन्छ, ‘उनले भने, ‘यसरी युवा आफ्नै लगानीमा कृषि उद्यमतर्फ जोड्नु राम्रो विषय हो ।’ यसरी कञ्चनपुरमा युवाले स्वदेशै भूमि उपभोग गरेर कृषि उत्पादनमा जुटेसंगै बाह्य मुलुकबाट आउने कृषिबस्तुको आर्यात रोक्दै उत्पादित बस्तु स्वदेश सहित विदेशमा समेत खपत गर्न सके मात्रै मुलुक आत्मनिर्भर तर्फ उन्मुख हुने आर्थिक क्षेत्रका जानकारको भनाई छ । े







