तिलकेनीका युवा जोशीले रौटेला बृद्धआश्रममा मनाए जन्मदिन


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा बृद्धआश्रममा खाना खुवाएका छन । तिलकेनीका युवा योगेन्द्र प्रशाद जोशीले २६औँ जन्मदिन बृद्ध आश्रममै मनाएका छन । दिन दुखी बेसाहरा नागरिकसंगै दिवस मनाएका हुन ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगर प्राविधिक शाखामा कार्यरत जोशीले समाजिक सेवाको भावनाले बेदकोट नगरपालिका ८रौटेला बैजनाथ बृद्धआश्रममा बस्दै आएका जेष्ठ बेसाहरा नागरिकसंगै मनाएका हुन । जोशीले उनीहरुलाई खाना, फलफुल एव दुध खुवाएका छन । ‘मैले जन्मदिन होटलमा फजुल खर्च भन्दा शितलहरमा समेत समस्यामा परेका बृद्ध आश्रममा केही सक्दो सहयोग गरेको छु, ‘उनले भने, ‘बेसाहरा भएका जेष्ठ नागरिकलाई सन्तान भएको महसुस दुखिबाट खुसी दिलाउन गरेको हुँ ।’ जोशीले बृद्धआश्रममै आएर जन्मदिन मनाएपछि बृद्धआश्रममा बस्दै आएका बेसाहरा नागरिक समेत हर्षित भएका छन ।


ताजा समाचार

spot_img