कञ्चनपुर: कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा श्रृङखलाबद्ध चोरी डकैती गर्ने ‘भारतीय गिरोह’लाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी नगरपालिका १ र २ का सीमावर्ती नेपाली गाउँबस्तीमा चोरीडकैती गर्ने भारतीय गिरोहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम सिह चौधरीले बेलौरी नगरपालिका १ फटैयागाँउका स्थानीय ललिता भट्ट, २ बैजुडाँका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरबाट नगद, गरगहना सहित अन्य धनमाल लुटपाट गर्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरिएको बताए । कञ्चनपुरका प्रहरी प्रमुख चौधरीले सीमावर्ती नेपालीबस्तीमा लुटपाट मच्चाउँदै आएका उत्तर प्रदेश लखिमपुरखिरी मिलौलीका ३२ बर्षिया राजु ईन्द्रिसी, मिलौली बस्ने मुुजिवा बञ्जारा र पलिया हसिमराना गाँउबस्ने ४२ बर्षिया युसुफ अलीलाई सार्वजनिक गरिएको बताए ।

उनीहरुले नेपालबस्तीमा हतियार देखाएर लुटपाट मच्चाएका थिए । ७ पुषमा फटैयाका ललिता भट्टको घरमा नगद ३ लाख २० हजार सहित सुन गरगहना सहित लुटपाट गरेको साता नबित्दै १२ पुषमा बेलौरी १ बजुडाँडाका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरबाट ६०हजार नगद सहित गरगहना सहितका समान लुटपाट गरेर लगेका थिए । भारतीय लुटेरा समुहले हतियार सहित समुहमा आएर लुटपाट मच्चाउन थालेपछि उनीहरुलाई पक्राउका लागि ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक दानसिह भण्डारीले उक्त सीमा क्षेत्रमा अप्रेसन नै चलाएको थियो । बेलौरी सीमावर्ती गाँउमा लुटपाट मच्चाएपछि प्रहरी निरीक्षक भण्डारी नेतृत्वमा सीमा क्षेत्रमा खटिएको प्रहरीले एक जना(राजु ईन्द्रिसी)लाई नेपाल प्रवेसकै क्रममा पक्राउ गरेको थियो । बाँकी दुई जना भागेका थिए । डाँका समुहमाथि चलाएको अप्रेसनका क्रममा शनिबार राती २ः३५ बजेतिर राजु ईद्रिसी पक्राउ परेका थिए । ईद्रिसीको साथबाट ४राउण्ड ठुलो गोली र २ राउण्ड सानो गोली बरामद गरिएपछि थप दुई जनाको समेत खोजी कार्य गरिएको थियो ।

बिहान ७ः५५ बजेतिर उखुबारीमा लुटेका थप दुई जना मुुजिवा बञ्जारा र युसुफ अलीलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट १ थान पेस्तोल, ६थान गोली सहितका सर समान बरामद गरिएका छन । उनीहरु तीनै जनाले यस अघि तीन नेपालीको घरमा लुटपाट गरेको स्वीकार गरेका छन । चोरीमै भारतमा ८ महिना जेल बसेका राजु नेपालमा लुटपाट सीमावर्ती नेपाल(बेलौरी)का गाँउबस्तीमा हतियार देखाएर लुटपाट मच्चाउँदै आएका भारत उत्तराखण्ड लखिमपुर थाना मितौलाका राजु ईद्रीसी सिकाई कटाई व्यवसाय गर्दै आएका थिए । उनी भारतमा मोटरसाईकल चोरी मुद्दामा भारतको लखनउ ८ महिना जेलमा बसेका थिए ।चोरी मुद्दामा ८ महिना कैद र २३ हजार ३ सय रुपैया जरिवाना तिरेका ईद्रीसी नेपालमा आएपनि लुटपाटमा संलग्न भएका हुन । ईद्रीसी मोटरसाईक, बाख्रा, साईकल चोरी डकैती गर्दै आएका थिए । मुजिवा बञ्जारा मजदुरी गर्दै आएको नेपालमा दुई पटक मात्रै आएका हुन ।

युसुफ अली समेत मजदुरी एव चुडी, बन्टन, साडी बिक्रि वितरण गर्दै आएका थिए । उनीहरुलाई राजु ईद्रीसीले नै नेपालमा लुटपाट गर्न ल्याएको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु बिरुद्धमा संगठित डाँकाचोरी, हतहतियार खरखजा अन्र्तरगत मुद्दा दायर गरिने कञ्चनपुर प्रहरीले तयारी गरेको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षामा ठाँडो चुनौती थप्नेगरि संगठित रुपमा लुटपाट मच्चाउँदै आएको भारतीय गिरोहलाई बेलौरी ईप्रका इन्चार्ज दानसिह भण्डारीले आफ्नै नेतृत्वमा डाँका समुहलाई नियन्त्रणमा लिएर कानुनको कठघरमा पु¥याउन सफल भएका छन । कञ्चनपुरमा निर्मला काण्डदेखि अन्य ठुलठुला काण्डमा प्रहरीको खास गिरिरहेका बेला प्रहरी निरीक्षक भण्डारी नेतृत्वमा भारतीय डाँका समुहलाई नियन्त्रणमा लिएपछि भण्डारी सहित प्रहरीको प्रसंसा भईरहेको छ ।
स्थानीयले प्रहरी निरीक्षक भण्डारी सहित बेलौरी प्रहरीको प्रसंसा गरिरहेका छन । भारतीय लुटेका समुहबाट त्रसित भएका भारतीय लुटेरा गिरोह पक्राउ परेसंगै स्थानीय समेत सुरक्षित हुने ढुक्क भएका छन । स्थानीयले फेरीपनि सीमावर्ती क्षेत्रमा थप लुटपाटका घटना हुन नदिन सशस्त्र प्रहरी र प्रहरीले थप निगरानी एव गस्ती बढाउनुपर्ने सुझाव दिएका छन । बेलौरीका केही स्थानीयले ईप्रका बेलौरीमा आउने यस अघिका प्रहरी इन्चार्जहरुले खाली तस्करबाट पैशमा उठाउने हप्तावारी उठाएर खाने यस पटक गत बैशाखदेखि आएका प्रहरी इन्चार्ज दानसिह भण्डारीले लागु औषध नियन्त्रणदेखि सीमा क्षेत्रमा संगठित रुपमा लुटपाट मच्चाएर शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधी नियन्त्रण गर्न पुर्ण सफल भएको भन्दै खुलेरै सम्मान एव प्रसंसा गरिरहेका छन । प्रहरीको काम यस्तो हो, यस्तै हुनुपर्छ, नकी तस्कर समुहसंग मिलेर पैशा उठाईखाने भन्दै भण्डारीको चौतर्फि प्रससा भईरहेको छ । कतिपयले त समाजिक सञ्जालमा प्रहरी इन्चार्ज भण्डारीको फोटो नै राखेर उच्च काम गर्ने प्रहरी, तिनका अधिकृत एव जवानको कामको धन्यवाद दिन कुनै कन्जुस्याई गर्न नहुने भन्दै प्रसंसा गरिरहेका छन ।






