कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच बेलडाँडी महिला साना किसान कृषि सहकारीको ६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेकी बेलडाँडी महिला तथा साना किसान कृषि सहकारीकी अध्यक्ष कमला रेग्मीले सहकारीले थुप्रै ग्रामिण भेगका किसान महिला जोडेको बताउँदै सहकारी मार्फत ऋणदेखि मलखाद सेवा सुविधा विस्तार गरेको भविष्यमा समेत थप सेवा सुविधा दिएर स्थानीय महिला किसानको आर्थिक क्षेत्रम विकास गराउने प्रतिबद्धता जोहर गरेकी थिए ।

कार्यक्रममा नेपाल कृषि केन्दीय सहकारी संघका केन्द्र्रीय सदस्य धर्मसिह कुँवरले थप सेवा सुविधा विस्तार गरिने बताए । प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले पनि सहकारी मार्फत महिलाको आर्थिक विकासका लागि सक्दो सहयोग गर्ने बचन दिईन । ईलाका बैक प्रमुख पदम राज रेग्मी युवालाई व्यवसायिक मुलक बनाउन ५ देखि ५० लाख ऋण दिईने, दुध तथा मासुजन्य व्यवसायीमा ९प्रतिशत ब्याजदरमा १०लाख ऋण उपलब्ध गराईने बताए । सहकारीका उत्कृष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ ।

उत्कृष्ठ बचतकर्ता सरितादेवी बुढा, दुर्गा दमाई, धनसरादेवी कुमारी बुढाक्षेत्री, कसला कुमारी बुढा, बालसरीदेवी बुढा, अञ्जली देवी बुढा, उत्कृष्ठ शेयरधनी जयमती पाण्डे, उत्कृष्ठ ऋणी बसन्तीदेवी जोशी, उत्कृष्ठ बाल बचत पिरिङ्ग माली, उत्कष्ठ पेन्सनबचतकर्ता सत्य कुमारी फराडा, उत्कृष्ठ दैनिक बचतकर्ता बसन्ती जोशीलाई सम्मान गरिएको छ । कार्यक्रममा सहकारीकर्मी, ग्राहक जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।







