कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लागु औषध नियन्त्रण शाखा कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको (आरआटी) समुहले पौष १५ गते बेलुका ४ बजे र ६ बजेको समयमा लागु औषध सहित दुई युवकलाई प्रकाउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भरत बहादुर चन्दको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले जिल्ला कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ५ जाई स्थित पैदल हिन्दै गरेका जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. २ बस्ने बर्ष २४ मनोज भन्ने सुर्य नाथले लगाएको जकेटको खल्तिभित्र कालो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा १.०२ ग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरिएको र सोही टोलिले बेलुका ६ बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १ खल्ला स्थित पैदल हिन्दै गरेका जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ६ बस्ने बर्ष २५ को सुरज रानाले लगाएको जुत्ताको मोजा भित्र सेतो पलाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा २.७७ ग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी निजहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







