विप्लव निकट किसान महासंघ कञ्चनपुरको संयोजकमा क्षेत्री


कञ्चनपुर : अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको संयोजकमा नरेन्द्र रानाक्षेत्री चयन भएका छन । नेकपा विप्लव निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको बुधबार बेलौरीमा सम्पन्न भएको भेलाले क्षेत्रीको संयोजकत्वमा कार्य समिति चयन गरिएको छ ।

सदस्यहरुमा कान्छाराम चौधरी, कृष्ण सुनार, सिता सुनार मधु नेपाली, धनराज गिरी, लालु गिरी पदम सिह रावल, नत्थुराना, चन्द्र बहादुर चौधरी, संग्राह राना, प्रकास राना, ईश्वरी उपाध्यायराम प्रवेस राना, कृष्ण धानुक अमर राना रहेका छन । कार्यक्तमको प्रमुख अतिथिमा नेकपा विप्लव विशेष समितिका सेक्र्रेटरी पुरन राना रहेका थिए ।


अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुरको संयोजकमा नरेन्द्र रानाक्षेत्रीले उखु किसान सहितका समस्या बारे उठान गरेर समाधानका लागि संघर्ष गरिने बताए । ‘किसानका थुप्रै समस्या छन, ‘उनले भने, ‘समाधानका लागि राज्यले पहल नै गरेको छैन, हामीले साँगठानिक रुपमा मुद्दा उठान गछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img