साना किसान कृषि सहकारी बेलौरी शाखाको साधारण सभा


कञ्चनपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलौरी शाखाको साधारण सभा सम्पन्न भएको छ । बुधबार साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलौरी शाखाको २६ औँ साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलौरी शाखाबाट कार्य प्रगति बारे सदस्यहरुलाई जानकारी गराईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरका मेयर पोतिलाल चौधरीले किसानका क्षेत्रमा काम गर्न सुझाव दिएका छन । साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मसिह कुँवरको अध्यक्षतामा साधारण सभा भएको छ ।


ताजा समाचार

spot_img