हलिया महासंघद्धारा विद्युतीय शासन (ई–गभर्नेन्स) प्रविधिको प्रवर्द्धनका लागि स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता विकास तालिम


बैतडी : हलिया महासंघद्धारा बिद्युतिय शासन (ई–गभर्नेन्स) प्रविधिको प्रवर्द्धनका लागि स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता विकास तालिम प्रदान । सुशासनको प्रवर्द्धन गर्न संघीय सरकारले सूचनामा पहुँच र सेवा प्रवाहमा सुधार गर्न आईसीटीमा आधारित बिद्युतिय शासन (ई–गभर्नेन्स) प्रविधिको प्रवर्द्धन गर्दै आएकोछ । देशका अधिकांस नगरपालिका गाँउपालिकाहरुमा सबै गतिविधि र कामको सूचना जनतामाझ डिजिटल वितरणका लागि सूचना केन्द्र (क्ष्त् सेन्टर)को व्यवस्था गर्ने कार्य शुरु भएकोछ । तर, सीमित स्रोत र क्षमताका कारण अधिकांश गाँउपालिका र नगरपालिकाहरुले ई–गभर्नेन्स प्रणाली स्थापना गर्न सकेका छैनन् । ई–गभर्नेन्स प्रविधिको प्रवर्द्धन गर्नका लागि स्थानिय सरकारका जनप्रतिनिधिहरु र कर्मचारीहरु लाई यसका बारेमा प्रयाप्त ज्ञान र सबैको साझा बुझाई गर्न जरुरी देखिन्छ । यसै कुरालाई मध्यनजर गरि लुथरन विश्व फेडेरेसन नेपाल र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको संयुक्त साझेदारीमा संचालन भईरहेको साहस–II परियोजना बाट परियोजना कार्यक्षेत्र भित्र पर्ने बैतडीको सुर्नया गाउपालिका, दोगडाकेदार गाउपालिका र डडेलधुराको नवदुर्गा गाउपालिकामा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले ३ दिने तालिम संचालन गरेकोछ ।

मिति २०७९ पौष १ गते देखि ३ गते सम्म सुर्नया गाउपालिका, पौष ४ देखि ६ गते सम्म दोगडाकेदार गाउपालिका र पौष ७ गते देखि ९ गते सम्म नवदुर्गा गाउपालिकामा तालिम संचालन गरिएकोछ । तालिममा गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको संस्था कार्यकारी निर्देशक हरिसिह बोहराले बताउनु भयो । तालिमको सहजिकरण बिद्युतिय शासन (ई–गभर्नेन्स) बिषयका विज्ञ श्री बिसनदेब जोशी गर्नु भएको थियो । बिशेष गरि तिन दिने तालिममा शासन, स्थानीय शासन र सुशासन, स्थानीय तहको काम कर्तव्य र अधिकार,विद्युतीय शासन र यसको अवधारणा,विद्युतिय शासनको उद्येश्य, उपयोगिता तथा महत्व विद्युतीय शासनको प्रभावकारीता तथा यसका चुनौती र समस्याहरु, स्थानीय तहमा विद्युतिय शासन र यसको प्रभावकारी प्रयोग, सुशासनका औजारहरु (सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण) को प्रयोग, सुचना प्रविधी र सुशासन वीच अन्तर सम्वन्ध र विकासका अन्तरनिहित सवालहरु बारे तिन दिन सम्म छलफल गरिएको तालिमका सहजकर्ता श्री बिसनदेब जोशीले बताउनु भयो ।

स्थानिय तहहरु लाई प्रविधि मैत्री बनाउन, सिमा बिहिन सेवा प्रवाह गर्न, कागज बिहिन प्रशासनको अवधारणा लाई कार्यान्वयन गर्न, प्रशासनिक कार्यबोझ लाई न्यूनीकरण गर्न, पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास र जनतालाई छिटो छरितो सेवा प्रवाहमा सहयोग पुगोस भन्ने उदेश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष ईश्वर सुनारले बताए । तालिमको अतिन्म दिन तिन वटै पालिकाको बिद्युतिय शासन (ई–गभर्नेन्स) को बर्तमान अवस्था र सुधारका क्षेत्रहरु पहिचान गरि आगामी कार्ययोजना समेत तयार गरिएको परियोजना सहायक भुवनराम चुनाराले बताउनु भयो । विश्वमा प्रविधिको दिनानुदिन नया प्रयोग भईरहेको सन्दर्भमा समय सापेक्ष तालिमको आयोजना गरि स्थानिय सरकारलाई सहयोगी हुने गरि तालिम संचालन गर्नु भएकोमा सुर्नया गाउपालिकाका अध्यक्ष श्री अम्मर बहादुर कुवर, नवदुर्गा गाउपालिकाका अध्यक्ष श्री लक्ष्मी प्रसाद अवस्थी र दोगडाकेदार गाउपालिकाका उपाध्यक्ष श्री पार्वती कार्कीले सहयोगी संस्था लुथरन विश्व फेडेरेसन नेपाल र आयोजक संस्था राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल लाई धन्यवाद दिएकाछन । आगामी दिनमा विद्युतीय शासन प्रवद्र्धनका लागि सहकार्य गरेर जाने प्रतिबद्धता समेत व्यक्त गरेकाछन ।


ताजा समाचार

spot_img