कञ्चनपुर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको भृकुटी माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद भट्टको विदाई गरिएको छ । बिहीबार एक कार्यक्रमका विच शिक्षक भट्टको विद्यालयले विदाई गरेको हो । साविक उच्च मावि अनुदान कोटामा कार्यरत शिक्षक भट्टले माविमा शिक्षक सेवा आयोग उर्तिण गरेर तनहुको रामशाह मावि आबुखैरेनीमा पदस्थाना भएसंगै उनको विदाई गरिएको छ ।

डेढ दशक बढि समयदेखि शिक्षण पेशामा रहेका भट्टले आफुलाई अब्बल शिक्षककै रुपमा परिचय बनाएका छन । ०६३ सालमा उनले बैजनाथ बिद्या निकेतन पिपरैया, ०६७ सालदेखि भृकुटी मावि, जनज्योती बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका थिए । एक कार्यक्रमका विच भृकुटी माविका शिक्षक, व्यवस्थापन समितका पदाधिकारी, विद्यार्थीले अबिरफुलमाला लगाएको स्वागत गरेका छन ।







